PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

इपीएलमा दोस्रो पटक भयो वान ह्याण्डेड क्याच, जर्ज स्कटले छक्का प्रहार गरेको बल समात्ने दर्शकले पाउनेछन् ५० हजार



पहिलोपोस्ट

इपीएलमा दोस्रो पटक भयो वान ह्याण्डेड क्याच, जर्ज स्कटले छक्का प्रहार गरेको बल समात्ने दर्शकले पाउनेछन् ५० हजार

काठमाडौँ : काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिग इपीएलमा यस पटक आयोजकले विभिन्न किसिमका नयाँ आकर्षणको व्यवस्था गरेको छ। त्यसमध्येको एक हो वान ह्याण्डेड क्याच। मैदानबाट खेलाडीले छक्का प्रहार गरेको बल दर्शकले मैदान बाहिर एक हातले समात्न सके ५० हजार नगद पाउनेछन्।

र यो वान ह्याण्डेड क्याच कीर्तिपुरमा भइरहेको इपीएलमा दोस्रो पटक भएको छ। शुक्रवार चितवन टाइगर्स र विराटनगर वारियर्स विचको खेलमा दर्शकले हक हातले क्याच गरेका हुन्।

१९औँ ओभरको तेस्रो बलमा विराटनगरका बसन्त रेग्मीको बलमा चितवनका जर्ज स्कटले छक्का प्रहार गरेको बल दर्शकदिर्घामा बसेका एक जना दर्शकले क्याच गरेका हुन्। उत्कृष्ट क्याच गरेसँगै क्याच समाप्त दर्शक नगद ५० हजारको हकदार बनेका छन्।

क्याच गर्ने दर्शकको नाम फाइनल हुन भने बाँकी छ। क्याच गरेपछि टेलिभिजनमा देखाइएको रिप्लेमा पनि स्पष्ट वान ह्याण्डेड क्याच देखिएको थियो।

यसअघि भैरहवा ग्लाडिएटर्स विरुद्ध पोखराका रिचर्ड लेभीले छक्का प्रहार गरेको बल सरुन भट्टले एक हातले क्याच गर्दै नगद ५० हजार पाएका थिए। वान ह्याण्डेड क्याचलाई एक्सपर्ट भिजा एण्ड सर्भिसेसले प्रायोजन गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell