PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारु तस्करीमा वीरगंजका मनी चेन्जर, १ लाख ७० हजारसहित समातिए एक भारतीय



राधेश्याम पटेल

भारु तस्करीमा वीरगंजका मनी चेन्जर, १ लाख ७० हजारसहित समातिए एक भारतीय

वीरगंज : रक्सौल तर्फबाट वीरगंजमा अवैध किसिमले भारतीय रुपैयाँ (भारु) भित्र्याइरहेको अवस्थामा एक जना भारतीयलाई पर्सा प्रहरी पक्राउ
गरेको छ। 

प्रहरीले बिहार, मोतिहारी जिल्ला, चौलाहा थाना–९ बस्ने ५५ वर्षीय महमुद मैनुलहकलाई १ लाख ७० हजार भारुसहित पक्राउ गरेको हो। थप
अनुसन्धानका लागि राजस्व अनुसन्धन विभागको मध्य क्षेत्रीय कार्यालय पथलैया पठाइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी गराए। 

मंसिर २५ गते साँझ चेक गर्दा उनीबाट उक्त रकम जफत भएको थियो। पूर्व सूचनाको अधारमा उनको तलासी भारु फेला परेको थियो। वीरगंजको मनी चेन्जरहरुले भारु सटही गर्न र भारतमा यात्रा, उपचार तथा भ्रमणका लागि नेपालीका लागि आवश्यक पर्ने मुद्रा गैर कानुनी बाटोबाट मगाउने गरेका छन्। तस्करीबाट यसरी भित्रने पैसा मनी चेन्जरकहाँ पुग्ने प्रहरी स्रोतले जानकारी दियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell