PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

भैरहवालाई पराजित गर्दै काठमाडौं प्ले अफमा



पहिलोपोस्ट

भैरहवालाई पराजित गर्दै काठमाडौं प्ले अफमा

काठमाडौं : काठमाडौं किङ्स इलाभेनले जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको खेलमा भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले पराजित गर्दै प्लेअफमा आफूलाई सुरक्षित गरेको छ। १ सय ५० रनको लक्ष्य लिएर ब्याटिङमा उत्रेको काठमाडौंले ५ बल बाँकी रहँदै ३ विकेट क्षतिमा १ सय ५३ रन बनायो।

यो सँगै जारी प्रतियोगिताको ४ खेलमा ३ खेल जित्न काठमाडौं सफल भएको छ। यसअघि नै ३ खेल जितिसकेको भैरहवा प्लेअफ पुगिसकेको छ। 
त्यस्तै ललितपुर प्याट्रिओट्स पनि प्लेअफ पुगिसकेको छ। प्ले अफमा पुग्न अब एक टोली अझै टुंगो लाग्न बाँकी छ।  

कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिताको १२ औं खेलमा भैरहवाका रविइन्दर सिंहले सर्वाधिक ८६ रन बनाए। ६१ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गर्दै नट आउट रहे। भैरहवाका लागि शरद भेषावकरले ३९ रन बनाए। उनले ३१ बलमा ३ चौका र एक छक्का प्रहार गरे।

काठमाडौंको जितका लागि अमित श्रेष्ठको अर्धशतकीय पारी महत्वपूर्ण रह्यो। उनले ४६ बलमा ४ चौका र २ छक्काको मद्दतले ५१ रन जोडे। रोहन मुस्तफाले २४ बलमा ३६ रनको योगदान दिए भने केभिन ओ ब्रेनले १५ बलमा ३३ रन बटुले। 

काठमाडौंका जितेन्द्र मुखियाले २ विकेट तथा ब्रेन र प्रदीप साहुले एक एक विकेट लिए।

भैरहवाका लागि शरद भेषावकर र भुवन कार्कीले एक एक विकेट लिएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell