PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ए डिभिजन लिग : रन्जित धिमालको पेनाल्टी गोल मद्दतमा थ्री स्टार दोस्रो स्थानमा, च्यासलले ब्रिगेडलाई हरायो



पहिलोपोस्ट

ए डिभिजन लिग : रन्जित धिमालको पेनाल्टी गोल मद्दतमा थ्री स्टार दोस्रो स्थानमा, च्यासलले ब्रिगेडलाई हरायो
file photo

काठमाडौँ : रन्जित धिमालले गरेको एक मात्र गोलको मद्दतमा मछिन्द्रलाई पराजित गर्दै थ्री स्टार सहिद स्मारक ए डिभिजन लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ।

रन्जितले पहिलो हाफमा पेनाल्टीबाट गरेको गोल नै थ्रीस्टारलाई सिजनको सातौँ जित दिलाउन पर्याप्त बन्यो।

हलचोकस्थित एपीएफको मैदानमा शनिवार भएको खेलमा रन्जितले ११औँ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए।

जितपछि ८ खेलबाट संकटा समान २१ अंक जोडेको थ्री स्टार गोल अन्तरमा अगाडी रहँदै दोस्रो स्थानमा उक्लेको हो।

समान खेलबाट शतप्रतिशत नतिजा सहित मनाङ मर्स्याङ्दी २४ अंकका साथ शीर्ष स्थानमा छ।

शनिवारै भएको पहिलो खेलमा च्यासल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबलाई २-० ले पारजित गर्दै छैटौँ स्थानमा उक्लेको छ। च्यासलका लागि सन्त बहादुर गुरुङले ६५औँ र सन्जोग राईले ८१औँ मिनेटमा गोल गरे।

८६औँ मिनेटमा सन्तोष साउखले रातो कार्ड पाएपछि च्यासलले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।

सिजनको चौथो जितपछि च्यासलले ८ खेलबाट १३ अंक जोडेको छ।

आजको दुई खेलपछि लिगमा आठौँ चरणको खेलहरु समाप्त भइसकेका छन्।

अहिलेसम्म मनाङ अपराजित र शतप्रतिशत जित हात पार्ने एक्लो टोली बनेको छ। मनाङले आठवटै खेल जित्दा मछिन्द्र र एनआरटी भने अझै जितविहिन छ। तीन खेल बराबरी खेलेको मछिन्द्रले त गोल समेत गर्न सकेको छैन। यस्तै एनबरटीले एक अंक मात्र जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell