PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ला लिगा : एट्लेटिको र रियल मड्रिड विजयी, शीर्ष स्थानको बार्सिलोनामाथि दबाब



पहिलोपोस्ट

ला लिगा : एट्लेटिको र रियल मड्रिड विजयी, शीर्ष स्थानको बार्सिलोनामाथि दबाब

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा मड्रिडका दुवै क्लब विजयी भएका छन्। दुवै मड्रिडले क्लबले कठिन जित हात पार्दै शीर्ष स्थानको बार्सिलोनमाथि दबाब बनाएको छ।

एट्लेटिको मड्रिडले रियल भाल्लाडोलिडई ३-२ ले हराउँदा रियलले रायो भालेकानोलाई १-० ले पराजित गर्‍यो।

एट्लेटिकोका लागि एन्टोनी ग्रीजमनको दुई गोल गरे भने निकोला कालिनिकले एक गोल गरे। भाल्लाडोलिडका लागि फर्नान्डो कलेरोले एक गोल गर्दा एट्लेटिकोका सउल निगेजले एक आत्मघाती गोल गरे।

जितपछि एट्लेटिकोले १६ खेलबाट बार्सिलोना समान ३१ अंक जोडेको छ। तर गोल अन्तरमा पछि परेको एट्लेटिको दोस्रो स्थानमा छ भने बार्सिलोनाले अझै एक खेल कम खेलेको छ।

यस्तै १६ खेलबाट २९ अंक जोड्दै रियल तेस्रो स्थानमा उक्लेको छ।

रियललाई जित दिलाउन करिम बेन्जामाले १३औँ मिनेटमै गरेको गोल निर्णायक बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell