PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

विपिन कार्कीका कारण ४० दिन पर धकेलियो 'जात्रै जात्रा'को छायाँकन



पहिलोपोस्ट

विपिन कार्कीका कारण ४० दिन पर धकेलियो 'जात्रै जात्रा'को छायाँकन

काठमाडौं :विपिन कार्कीको दुर्घटनामा परि खुट्टा भाँचियो। फिल्म 'गोपी'को डबिङ र फिल्म 'प्रसाद'को प्रचार प्रसारपछि उनी 'जात्रै जात्रा'को छायाँकनमा निस्कने भएका थिए। तर दुर्घटनाको कारण छायाँकन पछि धकेलियो। मंसिर ४ गते सवारी दुर्घटनामा परेका विपिनलाई डाक्टरले आराम गर्न सल्लाह दिएका छन्। 

निर्माण टिम अब ४० दिनपछि मात्र छायाँकनका लागि फ्लोरमा उत्रने निर्देशक प्रदीप भट्टराईले जनाए। फिल्मको प्रदर्शन मिति पनि सरेको छ। फागुन १७ मा प्रदर्शन गर्ने भनिएको फिल्मको नयाँ मिति फाइनल भएको छैन। निर्देशक प्रदीपले भने 'रिलिज डेट राम्रो भन्दा पनि फिल्म राम्रो बनाउने सोच्यौं।'

फिल्मका अर्का कलाकार दयाहाङ राईको दृश्यहरु छायाँकन भइसक्यो। बाँकी विपिनसँग जोडिएका दृश्यको छायाँकन हो। दुर्घटनापछि पनि विपिन छायाँकनमा पुगेका थिए। तर भागदौडको दृश्य खिच्न गाह्रो भएको निर्देशक भट्टराईले बताए।  'विपिनलाई लिएर छायाँकन गर्ने प्रयास पनि गर्‍यौं। सुटिङ सकाउनु मात्र सोचेको भए सकिन्थ्यो। तर, सकाउनु भन्दा पनि फिल्म राम्रो हुनुपर्‍यो। कलाकारको मुड राम्रो हुनु पर्‍यो। भागदौड वाला फिल्म हो। उहाँ उभिन र हिँड्न सक्नुहुन्छ, तर त्यतिले फिल्मलाई पुगेन' उनले भने।

उनी विपिनको स्वास्थ्य लाभको कामना गर्दै भन्छन्, 'छायाँकन रोकिँदा, हामीलाई अप्ठ्यारो त परेको छ नै। तर मान्छेको शरीर भन्दा ठूलो के नै हो र। उहाँको ज्यान सुरक्षित छ, यसैमा खुशी छौं।'

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell