PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रश्मी तामाङ र द भ्वाइस अफ नेेपालबीच विवाद, भएको के हो?



पहिलोपोस्ट

 रश्मी तामाङ र द भ्वाइस अफ नेेपालबीच विवाद, भएको के हो?

काठमाडौं: 'द भ्वाइस अफ नेपाल'को ग्रान्ड फिनालेमा प्रस्तुति दिन कतार पुगेकी मोडल रश्मी तामाङले आयोजकले आफ्नो अपमान गरेको आरोप लगाइन्। फेसबुकमार्फत उनले उक्त जानकारी गराइन्। कार्यक्रममा नृत्य गर्न भनेर पुगेकी उनलाई नृत्य गर्न नदिएर अपमान गरेको उनको आरोप छ। तर कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले भने उनको आरोपको प्रतिवाद गरे।

फिनाले आयोजक टिमको कुमार शाक्य र अर्का एकजनासँग प्रस्तुतिबारे कुरा भएको बताइन्। 'म कुमारकै परिवारसँग कतार पुगेकी थिएँ। आयोजकले नै टिकट अनि होटलको व्यवस्था गरिदिएको हो।' 

अघिल्लो दिनभर सुटिङ सकेर उनी घर नफर्की फिनाले प्रस्तुतिका लागि भन्दै कतार उडेको दाबी गर्छिन्। 

कार्यक्रमका लागि आयोजककै निर्देशनमा मेकअप गरी तयार समेत भइन्। तर, कार्यक्रम मध्यान्तरतिर नपुग्दै उनको उत्सहा सेलायो। उनको प्रस्तुति सूचीमै थिएन। भन्छिन्,'नाँच्न नपाउनु समस्या होइन। मेरो अपमान भयो।'

यस्तो अवस्था सिर्जना हुनुमा उनी आफ्नो पनि कमजोरी रहेको बताउँछिन्। भनिन्,'मेरो गल्ती पनि हो। सम्झौता बिना म कतार जान हुन्नथ्यो।' आयोजक टोलीमा धेरैजना हुनुले पनि अन्यौलता सिर्जना भएको सुनाइन्। भन्छिन्,'होटलदेखि टिकट व्यवस्था गरिदिने पनि आयोजक। प्रस्तुति नभएको जानकारी दिनेपनि आयोजक। तर, मलाई सुरुमा नै प्रस्तुति नहुने जानकारी दिनुपर्थ्यो।' 

 उनी सोही दिन आफ्नो खर्चमा नेपाल फर्किन्। आयोजक टिमले डिसेम्बर १६ को टिकट काटिदिएको थियो। कार्यक्रम भएको हलमा चारपटक प्रस्तुति दिइसकेकी उनले योपटक नाच्न पाइनन्। फर्कदा भने नेपाल उनलाई एरपोर्टसम्म छोड्न  समेत कोही भएनन्। 'अर्काको देशमा रातको तीनबजे ट्याक्सी लिएर म एरपोर्ट पुगें।'


यस बिषयमा निर्देशक गायन रियालिटी सोका नेपाल निर्देशक लक्ष्मण पौडेल भन्छन्,'हामीले कतारमा गायन सोका लागि अनुमति लिएका थियौं‌।त्यहाँको नियम अनुसार गायन कार्यक्रममा नृत्य गर्न नपाइने उल्लेख गरिएको थियो।' सोही कारण द भ्वाइसमा कोरस नृत्य निर्देशन गरेका रहिया महर्जन पनि कतार नगएको उनले जनाए। भने,'उहाँको त भिसा पनि लागि सकेको थियो।' 

रश्मी तामाङको असन्तुष्टिको कारण आफू प्रष्ट नभएको पौडेलले बताए। भने, 'म प्रोजेक्ट हेड हुँ, मलाई नै थाह छैन। मैले उहाँलाई बोलाएको हैन। जसले बोलाएपनि  द भ्वाइस अफ नेपालले बोलाएको भन्न मिल्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell