PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

श्रीलंकाली राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा विक्रमासिङ्घे पुन: नियुक्त



श्रीलंकाली राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा विक्रमासिङ्घे  पुन: नियुक्त
फोटो : AFP

कोलोम्बो: श्रीलंकाका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली भएका छन्। सिरिसेनाले गत अक्टोबर २६ का दिन विक्रमासिङ्घेलाई प्रधानमन्त्रीबाट हटाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। 

विक्रमासिङ्घेलाई राष्ट्रपति सिरिसेनाले आइतबार पद तथा गोपनीयताको सपथ गराएका छन्। 

विक्रमासिङ्घे पछि प्रधानमन्त्रीमा नियुक्त भएका महिन्दा राजापाक्षेले शनिबार राजीनामा दिएका थिए। 

राष्ट्रपतिद्वारा नियुक्त प्रधानमन्त्री राजापाक्षेलाई संसद र अदालतले अबैध भन्दै काम गर्न नदिएपछि उनले राजीनामा दिएका हुन्। 

संसद र अदालत दुबैले संसदबाट बहुमतप्राप्त विक्रमासिङ्घेलाई नै प्रधानमन्त्रीका रुपमा काम गर्न दिनुपर्ने आदेश दिएपछि सिरिसेनाले उनलाई नै फेरि नियुक्त गर्न बाध्य भएको बताइएको छ। 

विक्रमासिङ्घेको पार्टी युनाइटेड नेसनल पार्टीले ट्वीट मार्फत् राष्ट्रपतिको अवैधानिक कदमलाई परास्त गर्न र विधिको शासन स्थापित गर्न लड्ने  सबैप्रति धन्यवाद ज्ञापन गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell