PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आइसीसी वुमन्स एसिया क्वालिफायरका लागि महिला राष्ट्रिय टिमको क्याम्प बुधवारदेखि



पहिलोपोस्ट

आइसीसी वुमन्स एसिया क्वालिफायरका लागि महिला राष्ट्रिय टिमको क्याम्प बुधवारदेखि
file photo

काठमाडौँ : सन् २०१९ जनवरीमा थाइल्याण्डमा हुने वुमन्स टी-२० स्म्यास र फेब्रुअरीमा हुने आइसीसी वुमन्स एसिया क्वालिफायरका लागि नेपाली महिला टिमले बगामी बुधवारबाट क्याम्प सुरु गर्ने भएका छन्।

वुमन्स एसिया क्वालिफायरको लागि क्याम्प सुरु गर्ने र त्यसको तयारीमा रुपमा थाइल्याण्डमा हुने टी-२० स्म्यासमा भाग लिने नेपाली राष्ट्रिय टिमका म्यानेजर तथा टेक्निकल एलानिस्ट रमन शिवाकोटीले जनाएको छन्।

थाइल्याण्डमा टी-२० स्म्यास हुने एक महिनाअघि नै तय भएपनि नेपालले बल्ल आएर तयारी सुरु गर्न लागेको हो। त्यस बैलै नेपाल महिला टिमका कप्तान रुबिना क्षेत्रीले यस प्रतियोगिताको लागि चाँडै नै क्याम्प सुरु गर्ने र सबै खेलाडीलाई कडा मेहनत गरेर तयारी गर्न भन्दा सामाजिक सञ्जालमा आफ्नो विचार पोष्ट गरेकी थिइन्।

थाइल्याण्ड क्रिकेट संघले आयोजना गर्न लागेको टी-२० स्म्यास क्रिकेट जवनरी १२ देखि १८ सम्म थाइल्याण्डमा हुनेछ। यस प्रतियोगितामा नेपाल र थाइल्याण्डसँगै भुटान, हङकङ, मलेसिया, इन्डोनेसिया, तान्जानिया, कुवेत, नामिबिया र एसएल नेभी गरी कूल १० टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै आइसीसी वुमन्स एसिया क्वालिफायर फेब्रुअरी १८ देखि २७ सम्म थाइल्याण्डमै हुनेछ। उक्त प्रतियोगितामा नेपाल, थाइल्याण्ड, युएई, चीन, हङकङ, कुवेत र मलेसियाले प्रतिस्पर्धा गर्नेछन्।

सिंगल राउण्ड रोविनमा खेलाइने यस प्रतियोगिताको विजेताले 'आइसीसी वुमन्स टी-२० वर्ल्डकप क्वालिफायर २०१९' र 'आइसीसी वुमन्स क्रिकेट वर्ल्ड कप २०२०' खेल्न पाउने रमन शिवाकोटीले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell