PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रिमियर लिग : पेड्रो र हाजार्डको गोलमा चेल्सी विजयी, साउथह्याम्पटनले आर्सनललाई हरायो



पहिलोपोस्ट

प्रिमियर लिग : पेड्रो र हाजार्डको गोलमा चेल्सी विजयी, साउथह्याम्पटनले आर्सनललाई हरायो
साउथह्याम्पटनका लागि विजयी गोल गर्दै चार्ली अस्टिन

प्रिमियर लिगमा आइतवार भएको खेलमा लण्डन क्लब चेल्सी विजयी हुँदा अर्को लण्डन क्लब आर्सनल भने पराजित भएको छ।

पेड्रो र एडेन हाजार्डले पहिलो हाफमा गरेको गोल मद्दतमा चेल्सीले ब्राइटनलाई २-१ ले हरायो।

उता वैकल्पिक खेलाडी चार्ली अस्टिनले ८५औ मिनेटमा निर्णायक गोल गरेपछि साउथह्याम्पटनले घरेलु मैदानमा आर्सनललाई ३-२ ले पराजित गरेको हो। यस हारपछि आर्सनलको सबै खाले प्रतियोगितामा गरेर २२ खेलको अपराजित यात्रा टुङ्गिएको छ। प्रिमियर लिगमा भने आर्सनलको १४ खेलको अपराजित यात्रा टुङ्गिएको छ। लिगको सुरुवाती दुई खेलमा म्यानचेष्टर सिटी र चेल्सीसँग हारेको आर्सनलले अगष्ट यता १० खेल जितेको थियो भने  ४ खेल बरारबी खेलेको थियो।

पेड्रोले १७औँ मिनेटमा हाजार्डको पासमा गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएका थिए। ३३औँ मिनेटमा हाजार्डले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। ब्राइटनका लागि घरेलु मैदानमा सोली मार्चले ६६औँ मिनेटमा एक गोल पर्काए।

चेल्सीका हाजार्ड

जितपछि चेल्सीले १७ खेलबाट ३७ अंक जोडेको छ र चौथो स्थानमा यथावत छ। १७ खेलबाट ४४ अंक जोडेको म्यानचेष्टर सिटी पहिलो स्थानमा छ।

उता साउथह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा ड्यानी इङ्ग र हेनरिख मिखातर्‍यानले दुई-दुई गोल गरे। इङ्गले दुई पटक साउथह्याम्पटनलाई अग्रता दिलाएपनि मिखातर्‍यानले बराबरी गोल फर्काएका थिए। इंङ्गसले २०औँ र ४४औँ मनेटमा गोल गर्दा मिखातर्‍यानले २८औँ र ५३औँ मिनेटमा गोल गरे।

तर ड्यानी इङ्गसकै स्थानमा ७१औँ मिनेटमा मैदान प्रवेश गरेका अस्टिनले खेल सकिन पाँच मिनेट अगाडी गोल गरेपछि आर्सनल हार बेहोर्न बाध्य भयो।

ड्यानी इङ्गस

घरेलु मैदानमा आर्सनलमाथि शानदार जित हात पारेपछि साउथह्याम्पटन भने रेलिगेशन जोन बाट माथि उक्लेको छ। आर्सनलको भने २२ खेलको अपराजित यात्रा समाप्त भएको छ। १७ खेलबाट ३४ अंकसहित आर्सनल पाँचौ स्थानमै कायम छ। समान खेलबाट १२ अंक जोडेको साउथह्याम्पटन बर्नलीलाई गोल अन्तरमा पछि पार्दै १७औँ स्थानमा उक्लेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell