PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वाह! एयरपोर्टको क्या लुक्स : हेर्नुस् अन्तर्राष्ट्रिय टर्मिनलभित्रको दृश्य

वाह! एयरपोर्टको क्या लुक्स : हेर्नुस् अन्तर्राष्ट्रिय टर्मिनलभित्रको दृश्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रुप फेरिएको छ। यहाँबाट बाहिरिने र भित्रने दुवैखाले प्यासेन्जरले अब केही फरक अनुभूति गर्नेछन्। किनकि विमानस्थलको भित्री रुप लोभलाग्दो गरी सुधारिएको छ।

संसारका खराबमध्येको एक विमानस्थलका रुपमा 'कुख्यात' यस विमानस्थलको रुप फेर्नका लागि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सक्रिय बने। त्यसको परिणाम विमानस्थलभित्र हेर्न लायक दृश्यहरु तयार भयो।

भुईमा कार्पेट बिछ्याइयो, छेउछेउमा नेपाललाई चिनाउने दृश्यहरु राखियो। घडा भरिएका कलश पनि सजिए। संस्कृति चिनाउने कुमारीका ठूला ठूला तस्बिरहरु पनि सजाइयो। सन् २०२० को भ्रमण वर्ष चिनाउनका लागि सेल्फी पोइन्ट पनि बनाइयो। विरक्तलाग्दो अवस्थामा रहेको विमानस्थलको नयाँ लुक्स यस्तो देखियो :  
 

सुधारपछिको भिआइपी कक्ष एक
भिआइपी कक्षको दोस्रो रुम
कार्पेट राखेपछिको विमानस्थलभित्रको रुप
पर्यटन यसरी हुँदैछ प्रवर्द्धन
विमानस्थलभित्र नेपालीपन
यसरी सजियो नयाँ सोफा
यो चाहिँ हो सेल्फी पोइन्ट। यहाँ पुग्दा फोटो खिच्न नभुल्नुहोला।
विमानस्थल छिरेको हेरिटेज
टर्मिनल अगाडिको आकर्षण
मतलब, नेपालमा स्वागत छ।


ट्रेन्डिङ पोस्ट

Ncell