PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

दुई साताको अल्टिमेटम सकिएपछि डाक्टर केसीले दिए दुई साताकै थप म्याद, नभए फेरि अनशन



पहिलोपोस्ट

दुई साताको अल्टिमेटम सकिएपछि डाक्टर केसीले दिए दुई साताकै थप म्याद, नभए फेरि अनशन

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारलाई दिएको २ हप्ते अल्टिमेटम सकिएपछि आज प्रेस विज्ञप्ति जारी गर्दै अर्को दुई सातापछि माग पूरा नभए अनशन बस्ने जनाएका छन।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा अध्यादेश अघि बढाउन केही समय लाग्ने जानकारी दिएपछि उनले दुई सातापछिका लागि अनशन सारेका हुन। दुई साताभित्र विधेयक पारित नगरिकन कुनै चलखेल गरे जुनसुकै बेला अनशन बस्नेसमेत उनले ध्यानकर्षण गराए।

यस्ता छन डा केसीका मागहरु
१. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस्।

क) सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस्।

ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस्।  त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस्।

ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघ बढाइयोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस्।

२. निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस्। साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्ति माथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस्। 

३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell