PahiloPost

Mar 21, 2019 | ७ चैत्र २०७५

सडक विस्तार गर्दा ऐतिहासिक बस्तीमाथि अतिक्रमण भएको भन्दै विरोध प्रदर्शन हेर्नुस् फोटोमा

सडक विस्तार गर्दा ऐतिहासिक बस्तीमाथि अतिक्रमण भएको भन्दै विरोध प्रदर्शन हेर्नुस् फोटोमा


काठमाडौँ : सडक विस्तार गर्दा ऐतिहासिक बस्तीमाथि अतिक्रमण गर्न लागिएको भन्दै उपत्यकावासीले प्रदर्शन गरेका छन्। 

बिहीबार बिहान उपत्यकाका विभिन्न सडक विस्तारका क्रममा पीडित भएकाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। 

प्रदर्शनकारीहरूले सर्वोच्च अदालतको २०७४ असोज २ को फैसला कार्यान्वयन गर्न मागसमेत गरेका छन्। 
त्यस्तै उनीहरूले पुरातात्विक सम्पदाको संरक्षण गर्नुपर्ने माग गरेका छन्। 
न्यायाधीशत्रय केदार चालिसे, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले जथाभाबी सडक विस्तार नगर्न आदेश दिएको थियो। 

सम्पदा बचाउ अभियान सङ्घर्ष समितिले गरेको प्रदर्शनमा 
पुरानावस्ती र पुरातात्विक सम्पदामाथि अन्धाधुन्ध अतिक्रमण गरिएको भन्दै यस्तो कार्य रोक्न माग गरेका थिए। 
 


ट्रेन्डिङ पोस्ट