PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कांग्रेस विधान 'हात्ती छिर्‍यो, पुच्छर अड्क्यो', के मा मिलेन कुरा?



नेत्र तामाङ

कांग्रेस विधान 'हात्ती छिर्‍यो, पुच्छर अड्क्यो', के मा मिलेन कुरा?

काठमाडौं: नेपाली कांग्रेसको विधान अनुमोदनका लागि शीर्ष नेताहरुले प्रयास जारी राखेका छन्। मंगलवार राति शीर्ष नेताहरुबीच पदाधिकारीमा सहमति जुटे पनि केन्द्रीय समितिमा विरोध भयो। कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचनबाट आउनुपर्ने गरी भएको सहमतिलाई अनुमोदनका लागि बुधवार बसेको केन्द्रीय समितिमा चर्को विरोध गरेको थियो।

विधान समावेशी नभएको भन्दै केन्द्रीय सदस्य गगन थापा, महेन्द्र यादव, बहादुरसिंह लामालगायतले विरोध गरेपछि केन्द्रीय समिति स्थगित भएको थियो। स्थगित भएको केन्द्रीय सोही दिन बस्ने भनिए पनि भोलिपल्टमात्र बस्यो। आजको केन्द्रीय समितिमा १४ जना केन्द्रीय सदस्यले धारणा राखेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

उनका अनुसार विधानमा लगभग सहमति भइसके पनि अन्तिम टुंगो भने नलागेको बताए। प्रवक्ता शर्माले भने, 'विधानबारे छलफल जारी नै छ। अहिलेसम्म हात्ती छिर्‍यी पुच्छर अड्केजस्तो भइरहेको छ।'

विधानबारे रातिसम्ममा सहमति जुट्ने दाबी गर्दै उनले भोलि ९ बजेबाट महासमितिको बन्दसत्र शुरु हुने बताए। कांग्रेसले आजै बिहान केन्द्रीय समितिबाट विधान पारित गरी दिउँसो बन्दसत्र शुरु हुने जनाएको थियो। काठमाडौंको यगम्बर पार्टी प्यालेसमा मंसिर २९ बाट शुरु भएको महासमिति नसकिएपछि आजबाट महासमिति सानेपामा सरिएको छ।
 

एक जना उपसभापति मनोनित हुने, सहमहामन्त्री थपिने


कांग्रेस सभापति शेरबहादुर देउवाले यसअघि कांग्रेसमा दुई जना उपसभापति मनोनयन गरेका छन्। पहिलो पटक विमलेन्द्र निधि र दोस्रो पटक विजय कुमार गच्छदारलाई। अहिलेको विधानअनुसार पार्टीमा उप-सभापति एक जनामात्र हुन पाउँछ। त्यसमा पनि निर्वाचित केन्द्रीय सदस्य हुनुपर्ने प्रावधान छ।

त्यसैले विधानअनुसार गच्छदार उप-सभापतिका लागि  योग्य थिएनन्। महासमितिबाट विधान संशोधन गरेरमात्र गच्छदारलाई उपसभापति बनाउने तयारी गरे पनि विरोध हुने देखिएपछि सभापति देउवाले महासमिति अघि नै गच्छदारलाई मनोनित गरेका थिए।

अबको विधानमा दुइ जना उपसभाति बनाउने तयारी गरेको पार्टीले दुबै उप सभापति निर्वाचित हुनुपर्ने शीर्ष नेताहरुबीच सहमति भएको थियो। 

तर केन्द्रीय समितिमा व्यापाक छलफलपाछ एक जना उपसभापति मनोनित गर्ने व्यवस्था ल्याउने तयारी भइरहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए। त्यसैगरी पदाधिकारी समावेशी बनाउने र सह महामन्त्रीको संख्यासमेत बढाउने तयारी गरेको छ। यसअघि शीर्ष नेताबीच सहमहामन्त्री दुई जनामात्र बनाउने तयारी गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell