PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

चितवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एकजना घाइते



पहिलोपोस्ट

चितवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एकजना घाइते

चितवनः चितवनको भरतपुर महानगरपालिका ९ आँपटारीमा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

गएराति सवा १२ बजे ना ७ ख १६ ४२ नम्बरको बसले ना ६१ प २२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट चालकको मृत्यु भएको हो। मोटरसाइकल पछाडि सवार एक व्यक्ति घाइते भएका छन्।

दुर्घटनामा घाइते मोटरसाइकल चालकको उपचारको क्रममा जिल्ला अस्पताल चितवन भरतपुरमा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार परिचय नखुलेका एक घाइतेको भरतपुर मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell