PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ट्याम्पुबाट लडेकी महिलाको टिपरको ठक्करबाट मृत्यु



ट्याम्पुबाट लडेकी महिलाको टिपरको ठक्करबाट मृत्यु

पर्सा: वीरगञ्ज पोखरिया सडक खण्डको गर्दौलमा टिपरले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ। ना ६ ख ७२८२ नं को टिपरले ठक्कर दिँदा पोखरिया नगरपालिका–७ निवासी सविना खातुनको मृत्यु भएको हो। 

ना २ ह ३४७३ नं को ट्याम्पुबाट सडकमा लडेकी सविनालाई विपरीत दिशाबाट आउँदै गरेको टिपरले किच्दा घटनास्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक सविनाको शव परीक्षणका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell