PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नि:सन्तानलाई सन्तान दिलाउने संस्थालाई वैधानिकता



नि:सन्तानलाई सन्तान दिलाउने संस्थालाई वैधानिकता

काठमाडौं: नि:सन्तानलाई सन्तान दिलाउन आइभीएफ प्रविधिबाट(इन भेट्रो फर्टिलाइजेसन) बच्चा जन्माउने चिकित्सकहरुको छाता संगठन फेसोनले वैधानिकता पाएको छ। यस अगाडि सरकारले औपचारिक रुपमा अनुमति नदिए पनि नि:सन्तानहरुले आइभीएफ प्रविधिबाट सन्तान प्राप्त गर्ने कामलाई रोक लगाएको थिएन। 

नेपालमा बढ्दो नि:सन्तानको समस्यालाई समाधान गर्न त्यस क्षेत्रका चिकित्सकहरु कानुनी प्रक्रिया पुरा गर्दै एक भएर आएका छन्। फेसोनसँग आवद्ध प्रसुति तथा स्त्रीरोग विशेषज्ञहरुले औपचारिक रुपमा संस्था दर्ता गराएका छन्। लामो संघर्षपछि उनीहरुको संस्थाले वैधानिकता पाएको हो।

स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. भोलाप्रसाद रिजालको अध्यक्षतामा फर्टिलिटी सोसाइटी अफ नेपाल नामक संस्था दर्ता भएको छ। संस्था दर्ता संगै निसन्तानलाई सन्तान दिलाउन उनीहरुलाई थप कानुनी बाटो खुलेको छ।

राज्यको सहयोग आवश्यक

अध्यक्ष डा. भोला रिजालले दुर्गमका निसन्तान आमाहरुले पनि सहज रुपमा आइभीएफ सेवा लिन सक्ने बताए। हामी प्रविधिमा अझै पछाडी छौ,' उनले भने, 'राज्यले सहयोग गरे अबको केही वर्षमा हामीले सबै किसिमको निसन्तान समबन्धी समस्या समाधान गर्न सक्छौ।'
 
नेपालमा आइभीएफ प्रविधि ल्याएकै कारण ७० प्रतिशत भन्दा बढी अभिभावकले भारत गएर बच्चा जन्माउनु पर्ने अवस्थाको अन्त्य भएको डा. रिजाल बताउँछन्। 

आइभीएफ विज्ञका अनुसार सन्तान जन्माउन नसक्ने महिला मात्र हैन पुरुषको लागि पनि आइभीएफ अन्तिम विकल्प हो।  २३ देखि ४० वर्षको उमेरभित्र आइभीएफ प्रविधिले राम्रो रिजल्ट दिने उनीहरु बताउँछन्।

संस्थाको वरिष्ठ उपाध्यक्षमा डा. उमा पोखरेल, उपाध्यक्षमा डा. ज्ञानेन्द्रमान सिंह कार्की, डा. सानु मैया श्रेष्ठ, डा. सबिना श्रेष्ठ, महासचिव डा. स्वस्ती शर्मा, सह सचिव डा.रश्मी श्रीश, कोषाध्यक्ष मिरा थापा, सदस्य डा. उषा खाँड, डा. प्रेरणा दाहाल र डा. चेतना श्रेष्ठ रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell