PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हिजो नेपाल ओर्लिएकी चिनियाँ राजदूतले आज बुझाइन् परराष्ट्रमा ओहदाको प्रमाणपत्र



पहिलोपोस्ट

हिजो नेपाल ओर्लिएकी चिनियाँ राजदूतले आज बुझाइन् परराष्ट्रमा ओहदाको प्रमाणपत्र

काठमाडौं : नेपालका लागि नयाँ चिनियाँ राजदूत काठमाडौं आइपुगेकी छिन्। नेपालका लागि चीनले नयाँ राजदूतको रुपमा आफ्नो विदेश मन्त्रालयको एसिया क्षेत्र हेर्ने विभागका ६ डेपुटी डाइरेक्टर जनलरल मध्येकी एक होउ यान्छीलाई काठमाडौं पठाएको हो।
 
उनी शनिवार नेपाल आइपुगेकी हुन्। उनले आफ्नो ओहोदाको प्रमाणपत्र परराष्ट्र मन्त्रालयलाई बुझाएकी छन्। आइतवार परराष्ट्र मन्त्रालयमा पुगेर आफ्नो ओहोदाको प्रमाणपत्र मन्त्रालयका चिफ अफ प्रोटोकल दीपक अधिकारी समक्ष पेश गरेको काठमाडौं स्थित चिनियाँ दूतावासले जनाएको छ।

काठमाडौं आइपुगेकी नयाँ राजदूत यान्छीले दुई देशबीच हिमपानीसहति छोमोलुङ्मा हिमाल जस्तै ऐतिहासिक तथा पुरानो सम्बन्ध रहँदै आएको भन्दै बुद्धको जन्मभूभी नेपाल र नेपाली सांस्कृतिक सम्पदा तथा नेपाली सहहृदयी मानिसहरु रहेको भन्दै प्रसंसा गरेकी छन्। 

उनले काठमाडौं आएसँगै सन्देश जारी गर्दै आपसी हित, शान्तिपूर्ण सहअस्तित्वको क्षेत्रमा  दुई देशबीच साझेदारी अगाडी बढ्ने बताएकी छन्। यान्छीले आफ्नो सन्देशमा दुई देशबीचको सम्बन्ध पछिल्लोसमयमा थप उचाइमा पुगेको भन्दै दुबै देशले बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत कनेक्टिभिटी, व्यापार, लगानी, उर्जा, कृषि, सांस्कृति तथा पर्यटनको क्षेत्रमा साझेदारी बढाउँदै लगेको बताएकी छन्। 

उनले जनसम्बन्धको विस्तारसँगै दुबै देशबीच आपसी सम्बन्ध गहिराइमा पुगेको बताएकी छन्। 

चिनियाँ राष्ट्रपति सि जिङपिङको कुटनीति सम्बन्धि विचारधार अनुरुप काठमाडौं स्थित चिनियाँ राजदूतावास दुई देश र दुई देशका जनताबीच, बिकास अनुभबको आदानप्रदान, जनचाहनाको प्रवर्द्धन, विन विन साझेदारीको क्षेत्रमा काम गर्ने नयाँ राजदूत यान्छीले बताएकी छन्। उनले आफ्नो कार्यकालमा दुईपक्षीय सम्बन्धमा नयाँ अध्यायको थालनी हुने बताएकी छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell