PahiloPost

Jan 18, 2019 | ४ माघ २०७५


अत्याधुनिक हतियारसहित ‘स्वतन्त्र तराई निर्माण सेना’का चौधरी नियन्त्रणमा


पहिलोपोस्ट

अत्याधुनिक हतियारसहित ‘स्वतन्त्र तराई निर्माण सेना’का चौधरी नियन्त्रणमा

काठमाडौ : प्रहरीले अत्याधुनिक हतियारसहित एक जनालाई पक्राउ गरेको छ। 

दुई नम्बर प्रदेश प्रहरीको विशेष टोलीले अत्याधुनिक हतियार एसएमजी सहित धनगढी माई नगरपालिका वडा नम्बर ११ बस्ने ४६ वर्षीय चतुर नारायण चौधरीलाई नियन्त्रणमा लिएको हो। सिराहाबाट पक्राउ परेका चौधरीको साथमा ५ राउन्ड गोली समेत फेला पारेको छ।

चौधरी केही समय अगाडि जयकृष्ण गोइत नेतृत्वको भूमिगत सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ति मोर्चामा आबद्ध भएको र त्यसपछि भने आफ्नै समूह संचालनमा लागेको प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए।

डिआइजी पालले भने, 'हतियारको भरमा तराईमा चन्दा आतङ्क लगायतका गतिविधि गर्ने गरेको पाइएको छ। थप अनुसन्धान भइरहेको छ।'

चौधरी अहिले भने रामकुमार यादवको स्वतन्त्र तराई निर्माण सेना आबद्ध रहेको प्रहरीको दावी छ। 



अत्याधुनिक हतियारसहित ‘स्वतन्त्र तराई निर्माण सेना’का चौधरी नियन्त्रणमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट