PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बेहुलो 'अवतार'मा संघीय संसदमा हेर्नुस् रेशमको यस्तो रुप

बेहुलो 'अवतार'मा संघीय संसदमा हेर्नुस् रेशमको यस्तो रुप

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : जेलबाट संसद सचिवालय पुगेर सपथ ग्रहण गर्नु अनि जेलमा नै फर्किनु। राजनीतिमा जे पनि हुन्छ भन्ने यस्ता उदाहरणहरु विरलै पाइन्छन्। रेशम चौधरीको सन्दर्भमा त्यही भयो, जुन हत्तपत्त देख्न पाइन्न।

कैलालीको टीकापुर घटनामा मुख्य अभियुक्तका रुपमा लिइएका रेशम चौधरी लामो समय फरार रहे। अभियुक्त नै रहँदा उनले संघीय संसदको निर्वाचनमा सभागिता जनाए। कतै भाषण गर्न पुगेनन्, कतै पार्टीका कार्यक्रममा पनि देखा परेनन्। प्रहरी उनलाई कहाँ फेला पार्न सकिन्छ भनेर जुटिरह्यो। तर, भूमिगत रुपमा नै उम्मेदबार बनेका रेशम चौधरीले कैलालीमा स्थापित नेपाली कांग्रेस र नेकपा जस्ता बलिया दलका नेतालाई निस्तेज पारे।

चुनाव त जिते तर उनले आफूले त्यसको प्रमाणपत्रसमेत पाएनन्। बारेसले नै बुझे। उनले चुनाव जितेर सांसद भइसक्दा पनि भूमिगत जीवन नै बिताइरहे। राजपाबाट चुनाव जितेका उनले पछि आत्म समर्पण गरे। जेल गए, मुद्दा अझै टुंगिएको छैन। जेलभित्रैबाट उनले राजनीति जारी राखे। भूमिगत भएर चुनाव जित्न सफल रेशमका लागि जेलभित्रबाट संसदको सपथ र सांसदको ब्याच पाउन लामै संघर्ष गर्न पर्‍यो। अन्तत: उनी सफल पनि भए। 

त्यसैले हुनुपर्छ अरुको भन्दा बढी चर्चित रह्यो उनको सपथ। बेहुला झै सिंहदरबार पुगे। सभामुखसँग सपथ लिए। ब्याच पनि लगाए सांसदको। उनलाई बाक्लो सुरक्षाकर्मीको घेरामा संसद पुर्‍याइयो, लाग्थ्यो - संसदमा बेहुला भित्रिँदै छ र प्रहरी पोशाकमै जन्ती आएका छन्। तर, जन्ती जस्तो देखिए पनि उनी आफ्नी पत्नी र छोरीसँगै सिंहदरबार पुगेका थिए।

जसरी उनी संसदमा आए त्यसैगरी जेलमै फर्किए। तर, उनका लागि सपथ ऐेतिहासिक बन्यो, उनको विरोध गर्नेका लागि कालो दिन।  हेर्नुस् उनको लुक्स :



ट्रेन्डिङ पोस्ट

Ncell