PahiloPost

Jun 27, 2019 | १२ असार २०७६


बालविवाह गर्ने भारतीयलाई नागरिकलाई एक वर्ष कैद


पहिलोपोस्ट

बालविवाह गर्ने भारतीयलाई नागरिकलाई एक वर्ष कैद

सप्तरीः बालविवाह गरेको आरोपमा भारत बिहार राज्य मधुबनी जिल्ला न्यौरग्राम पञ्चायतका २३ वर्षीय नसरुल भनिने निसरुल मियाँलाई एक वर्ष कैद र पाँच हजार जरिवाना गरिएको छ।

शम्भुनाथ नगरपालिका–१२ की १६ वर्षीया गुलसन खातुनसँग बालविवाह गर्ने गरेको आरोपमा सप्तरी जिल्ला अदालतले उनलाई सो सजाय दिएको श्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिए।

भारतीय प्रहरीको सहयोगमा २०७५ वैशाख ३० गते पक्राउ परेका मियाँ जिल्ला अदालतको आदेशमा गत जेठ २३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्। आरोपीले छिमेकी मुलुक भारतमा पुर्‍याएर २०७४ चैत २८ गते बालविवाह गरेको भन्दै बालिकाका बिजली मियाँले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए। रासस



बालविवाह गर्ने भारतीयलाई नागरिकलाई एक वर्ष कैद को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट