PahiloPost

Jan 18, 2019 | ४ माघ २०७५


बमजन आश्रममा प्रहरीको छापा


बमजन आश्रममा प्रहरीको छापा

काठमाडौँ: 'लिटिल बुद्ध'को नामले चिनिएका रामबहादुर बमजनको आश्रममा प्रहरीले छापा मारेको छ।

प्रहरीले शुक्रवार विहान सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ६ स्थित बाडेगाँउमा रहेको आश्रममा छापा मारेको हो। जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) को टोलीले संयुक्त रुपमा छापा मारेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले सम्वन्धी आश्रममा अनुसन्धानको लागि प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको जानकारी दिएका छन्। एसएसपी सुवेदीले भने, ’हाम्रो टोलीले सम्बन्धित ठाँउमा पुगिसकेको छ। अहिलेसम्म केहि भेटिएको छैन।‘

बम्जनविरुद्ध बारा र मकबानपुर प्रहरीमा आश्रमबाट मानिस हराएको भन्दै उजुरी परेको छ। बम्जन सिन्धुलीको आश्रममा भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

 



बमजन आश्रममा प्रहरीको छापा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट