PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दुई करोड पर्ने चार केजी सुनसहित तीन जना समातिए



पहिलोपोस्ट

दुई करोड पर्ने चार केजी सुनसहित तीन जना समातिए

काठमाडौँ : अवैध रूपमा ल्याएको ४ केजी सुन सहित प्रहरीले तीन जना युवकलाई नियन्त्रणमा लिएको छ।
 
गजुरी गाउँपालिका १ सिद्धेश्वर मन्दिर अगाडिबाट रसुवा उत्तरगया गाउँपालिका ३ घर भएका २७ वर्षीय संन्जित वाइबा समेत ३ जनालाई बिहीबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

विशेष सुराकीको आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा र इलाका प्रहरी कार्यालय गजुरीबाट संयुक्त रूपमा खटिएको प्रहरीले गल्छीबाट गजुरीतर्फ आउँदै गरेको बा ८७ प ७७३१ नम्बरको मोटरसाइकल र प्रदेश नम्बर ३ ०२-००३ प २५४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट सुन बरामद गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चार केजी सुनको बजार मूल्य करिब दुई करोड रुपैयाँ हुन आउँछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell