PahiloPost

Feb 21, 2019 | ९ फागुन २०७५

महाप्रबन्धक कंसाकारलाई कालो मोसो, वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको आरोप


विधुर ढकाल

महाप्रबन्धक कंसाकारलाई कालो मोसो, वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको आरोप

काठमाडौं : वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक  सुगतरत्न कंसाकारलाई मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले कालोमोसो दलेको छ। 

वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको भन्दै आफूहरुले कालोमोसो दलेको क्रान्तिकारी युवा लिगका ३ नं. प्रदेश संयोजक केशव ढलकुटीले जानकारी दिए।
 
पार्टीको केन्द्रीय नीति अनुरुप स्थानीयस्तरमा भ्रष्टाचारीलाई कारवाही गर्ने कार्यक्रम अनुरुप कंसाकारलाई कालोमोसो दलिएको उनले जानकारी दिए।

युवा लिगका कार्यकर्ताहरु दिउसो चार बजे कंसाकारको कार्यकक्षमा पुगेर कालोमोसो दलेका हुन्। 

क्रान्तिकारी माओवादीको गत मंसिरमा बुटवलमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले प्रतिरोध संघर्षका कार्यक्रम तय गरेको थियो। बैठकले भ्रष्टाचारी नामावाली तयार गर्दै भण्डाफोर गर्ने कार्यक्रम तय गरेको थियो। 



महाप्रबन्धक कंसाकारलाई कालो मोसो, वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको आरोप को लागी ५ प्रतिक्रिया(हरु)

गौरव [ 2019-01-06 12:56:18 ]
अच्छा, नेपाल बन्द गर्दै सार्वजनिक सम्पत्ती जलाउने र तोडफोड गर्नेले आफैलाई पनि कालोमासो दल्नु पर्‍यो । कंसाकार दोषी भए अदालतले सजायँ तय गर्छ । यी गुण्डाहरु को हुन् आफै फैसला तय गर्ने ?

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


NR [ 2019-01-05 06:26:37 ]
के वाईड बड़ी काण्दमा सुगत कंसाकार मार्त दाेषि हो र अन्य कोहि छैन्न, छ भने तिनलाई पनि त कालोमोसो दलि कार्वाई गर्नु पर्यो नि ?

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


HK Moktan [ 2019-01-04 22:46:19 ]
अब यस्ता भ्रष्टाचारी र बलात्कारीहरुलाई खोजि खोजि कालो मोसो दल्ने अनि ३०/४० वर्ष सम्मको लागि जेलमा कोच्ने काम गर्यो भने मात्र यो देशमा केही न केही सुधार हुन्छ । नत्र भने उही हो मुसा मुसा भ्यागुता । सबैमा चेतना भया

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


वीरेन्द्र कटुवाल [ 2019-01-04 20:48:42 ]
Comrade Baidhya! Why Kangsakar only, not main accused Rabindra Adhikari and others ? It is because Rabindra belongs to upper ethnic group?

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


dilkumar subbaa [ 2019-01-04 17:36:57 ]
एस्लाई फाँसी दे सरकार

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट