PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ब्राजिलमा स्थानीय समूहले फैलाएको हिंसा नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन



ब्राजिलमा स्थानीय समूहले फैलाएको हिंसा नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन
फोटो: एएफपी

फोर्टालेजा :  ब्राजिलको उत्तरी शहर फोर्टालेजामा भएको अपराधिक हिंसालाई नियन्त्रणमा लिन केन्द्र सरकारले सयौंको संख्यामा सुरक्षाकर्मी  पठाएको छ।

 केहीदिन देखि सेआरा राज्यमा लुटपाट, आगजनी भइरहेको थियो। प्रदर्शनकारीहरुले पसल, बैंक र सवारी साधनहरुमा आक्रमण गर्दै आएका थिए। 

हिंसाका घट्ना बढ्दै गएपछि न्याय मन्त्रालयले अतिरिक्त सुरक्षाकर्मी पठाउने निर्णय गरेको बताइएको छ। 

कारागारमा रहेका कैदीहरुलाई नियन्त्रण गर्नका लागि ल्याइएका नयाँ प्रावधानका विरुद्ध अपराधिक क्रियाकलापमा संलग्न हुँदै आएका स्थानीय समूहले हिंसा फैलाएको प्रहरीले बताएको छ। 

कारागार प्रशासनले कारागारको सुरक्षा बढाउँदै मोबाइल सिग्नल बन्द गरेको छ। 

ब्राजिलका नवनियुक्त राष्ट्रपति जेइर बोलसोनारोले देशमा विद्यमान हिंसाका घटनालाई नियन्त्रण गर्ने बताएको केही दिनमै यो घटनाले उग्र रुप लिएको हो। 

बोलसोनारोले हिंसा नियन्त्रण गर्न न्याय मन्त्रालयले थप सुरक्षाकर्मी पठाउने निर्णयको प्रशंसा गर्दै कुनै पनि किसिमको अपराधलाई रोक्न सरकार तयार रहेको बताएका छन्। 

प्रहरीले हिंसामा संलग्न भएको आशंकामा ५० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

ब्राजिलका कारागारहरुमा  ७ लाखभन्दा धेरै कैदीहरु रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell