PahiloPost

Jun 18, 2019 | ३ असार २०७६


विवाहको लागि किनेको सुन नक्कली परेपछि…


पहिलोपोस्ट

विवाहको लागि किनेको सुन नक्कली परेपछि…

काठमाडौँ: नक्कली सुन बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोलुखुम्बुका दोर्जे लाक्पा शेर्पालाई नियन्त्रणमा लिएको हो। शनिबार राति शेर्पालाई कपनबाट नियन्त्रणमा लिइएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

समय अगाडि हुम्लाकी एक महिलालाई नक्कली सुन बिक्री गरेको उजुरी परेपछि प्रहरीले शेर्पाको खोजी सुरु गरेको थियो। विवाहको सामान किन्न भन्दै काठमाडौँ आएकी ती महिलालाई शेर्पाले सस्तोमा सुन दिने भनेर ठगी गरेको डिएसपी बोगटीले बताए।

डिएसपी बोगटीले भने, 'ती महिलाले विवाहको लागि भनेर सुन किनेको देखियो। पछि नक्कली भएको थाहा पाएपछि उजुरी गर्न आएकी हुन्।'

शेर्पाले महिलासँग ३ लाख रुपैयाँ ठगी गरेको खुलेको हो।

प्रहरीले शेर्पाको साथबाट १ केजी नक्कली सुन समेत बरामद गरेको छ। शेर्पा यसअघि पनि ठगी मुद्दामा जेल बसेर निस्किएका व्यक्ति भएको प्रहरीले जनाएको छ।

गत आइतबार मात्र प्रहरीले नक्कली सुनको गहना देखाएर सक्कली सुन भन्दै ठगी गर्ने एक ललितपुर महानगपालिका वडा नम्बर १३ बस्ने २६ वर्षीय राजु परियारलाई पक्राउ गरेको थियो। पछिल्लो समय नक्कली सुन देखाएर ठगी गर्ने समूह सक्रिय भएकाले सबैलाई सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।



विवाहको लागि किनेको सुन नक्कली परेपछि… को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट