PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

साउदी महिलाले सम्बन्ध बिच्छेदको सूचना टेक्स्ट मेसेजबाट पाउने 



साउदी महिलाले सम्बन्ध बिच्छेदको सूचना टेक्स्ट मेसेजबाट पाउने 
फोटो: एएफपी/गेट्टी ईमेज

रियाद :  साउदी अरेबियाका महिलाहरुले सम्बन्ध बिच्छेद भएको सूचना अब टेक्स्ट मेसेजबाट पाउने भएका छन्।

नयाँ कानुनको अनुसार अब अदालतले विवाहित महिलाहरुलाई सम्बन्ध बिच्छेद भएको फैसलाको सूचना टेक्स्ट मेसेजबाट दिनुपर्नेछ। 

यो भन्दा पहिला महिलाहरुलाई आफ्नो सम्बन्ध बिच्छेद भएको बारे कुनै जानकारी हुँदैन थियो। महिला अधिकारकर्मीहरुले यो कानुनबाट 'सेक्रेट डिभोर्स' को प्रचलन अन्त्य हुने र महिलाहरुलाई आफ्नो वैवाहिक अवस्थाबारे जानकारी हुने विश्वास गरेका छन्।

 आफूलाई थाहै नदिई सम्बन्ध बिच्छेद गरेको भन्दै धेरै महिलाहरुले अदालतमा रिट निवेदन समेत दायर गरेका थिए। 

साउदीका युवराज मोहम्मद बिन सलमानको सुधार योजना अन्तर्गत यो परिवर्तन भएको बताइएको छ।

सुधार योजना अन्तर्गत गत वर्ष महिलाहरुलाई सवारी साधन चलाउन र फुटबल खेल हर्न लगाइएको प्रतिबन्ध हटाइएको थियो। यद्यपि, अझै पनि साउदी महिलाहरुले पासपोर्टका लागि निवेदन दिन, विदेश घुम्न, विवाह गर्न, बैंक खाता खोल्न, व्यवसाय संचालन गर्न लगायतका कार्य गर्न आफ्ना पुरुष साथी वा आफन्तको स्वीकृति लिनपर्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell