PahiloPost

Jan 18, 2019 | ४ माघ २०७५


फिल्म 'पञ्चायत'का लागि नीता ढुङ्गानालाई अमेरिकामा दोस्रोपटक अवार्ड


पहिलोपोस्ट

फिल्म 'पञ्चायत'का लागि नीता ढुङ्गानालाई अमेरिकामा दोस्रोपटक अवार्ड

अमेरिकाको कोलोराडोमा आयोजित 'ग्लोबल नेपाली फिल्म अवार्ड'मा अभिनेत्री नीता ढुंगानाले 'एक्टर अफ दि इयर' अवार्ड पाएकी छिन्। उनी फिल्म ‘पञ्चायत’मा गरेको अभिनयको लागि उत्कृष्ट अभिनेत्री घोषित भएकी हुन्।  

सन् २०१७ को अक्टोबरमा अमेरिकामा भएको ‘सान फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी थिइन्। उक्त फिल्म महोत्सवमा फिल्म पञ्चायत पनि उत्कृष्ट घोषित भएको थियो।

नीताले अवार्ड समारोह र अवार्ड पाएपछिको खुशी सामाजिक सञ्जालमा तस्विर पोस्ट गर्दै साटेकी छिन्। लेखेकी छिन्,'सबैलाई धन्यवाद।' 

नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्डको संयुक्त प्रस्तुति रहेको 'ग्लोबल नेपाली फिल्म अवार्ड'को यो तेस्रो संस्करण हो।



फिल्म 'पञ्चायत'का लागि नीता ढुङ्गानालाई अमेरिकामा दोस्रोपटक अवार्ड को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट