PahiloPost

Jan 18, 2019 | ४ माघ २०७५


प्रधानन्‍यायाधीशसँग बार असन्तुष्ट, 'जोशीको जिम्मेवारी खोस्ने काम गैरसंवैधानिक, निर्णय फिर्ता लिन माग'


पहिलोपोस्ट

प्रधानन्‍यायाधीशसँग बार असन्तुष्ट, 'जोशीको जिम्मेवारी खोस्ने काम गैरसंवैधानिक, निर्णय फिर्ता लिन माग'

काठमाडौँः नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश दीपकराज जोशीलाई वरिष्ठताबाट हटाउने, न्यायपरिषद् सदस्यबाट अलग्याउने र संवैधानिक परिषद्बाट हटाउने कार्य गरेको भन्दै यस कार्य प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बारका महासचिव खम्बबहादुर खातीले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वतमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले तोकिँदै आएको इजलाससमेत नतोकिने कार्य गैरसंवैधानिक, गैरकानूनी र प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको उल्लेख छ।

बारले प्रधानन्यायाधीश राणाले गरेका गैरकानूनी निर्णय तत्काल फिर्ता लिई स्वतन्त्र न्यायपालिकाको रक्षा, मानवअधिकारको सम्मान, विधिको शासन र न्यायको अनभूति दिलाउने माग गरेको छ।

न्यायको धरोधर र आस्थाको केन्द्रका रुपमा रहेको न्यायपालिका र संविधानको व्याख्या गर्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीशले कतैबाट पनि दबाब र प्रभाव पर्न नहुने विज्ञप्तिमा उल्लेख छ। रासस



प्रधानन्‍यायाधीशसँग बार असन्तुष्ट, 'जोशीको जिम्मेवारी खोस्ने काम गैरसंवैधानिक, निर्णय फिर्ता लिन माग' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट