PahiloPost

Mar 21, 2019 | ७ चैत्र २०७५

चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन नसच्याए तत्काल अनशनः डा. केसी


पहिलोपोस्ट

चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन नसच्याए तत्काल अनशनः डा. केसी

काठमाडौँः आफूसँग भएको सहमति विपरीत संसदीय उपसमितिले चिकित्सा शिक्षा विधेयक तोडमोड गरेको भन्दै डा. गोविन्द केसीले प्रतिवेदन सच्याउन माग गरेका छन्। डा केसीले विधेयकको प्रतिवेदन नसच्याए आफू तोकिएको समयअघि नै सत्याग्रह सुरु गर्ने पनि चेतावनी दिएका छन्। केसीले पुस २५ सम्म आफूसँग भएको सहमति बमोजिम समितिले विधेयक पारित नगरे अनशन बस्ने बताइसकेका छन्।

केसीले विज्ञप्ति जारी गर्दै सरकारसँग तीन बुँदे माग पनि सार्वजनिक गरेका छन्। मागपत्रमा भनिएको छ ‘संसद्को शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिले सार्वजनिक रूपमै हामीसँग भएको सम्झौता अनुरूप नै विधेयक पारित हुन्छ भनेकाले हामीले सत्याग्रहका कार्यक्रमहरू एक साताका लागि सारेका थियौँ। त्यसैले हामीसँग भएको सम्झौता विपरीत उपसमितिले पठाएको प्रतिवेदन समितिलाई अविलम्ब सच्याउन माग गर्दछौँ। अन्यथा हामीले दिएको समयसीमा भन्दा अगाडि नै सत्याग्रह सुरु गर्न बाध्य हुनेछौँ।’

केसीले यसअघि आफूसँग २०७५ साउनमा भएको सहमति कार्यान्वयनका लागि माग गरेका छन्। यस्तै, पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयनको पनि माग गरेका छन्।

केसीले संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई आफूसँग भएको सहमति अनुसार पारित गर्न माग गरेका छन्।

केसीले कञ्चनपुरकी निर्मला पन्तको हत्या संलग्न व्यक्तिलाई तत्कालै पक्राउ गरी कारबाही गर्न माग गरेका छन्। सरकारको निर्णय विपरीत काठमाडौँ विश्वविद्यालयले लिएको शुल्क फिर्ता लिन पनि केसीले माग गरेका छन्।



चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन नसच्याए तत्काल अनशनः डा. केसी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट