PahiloPost

Mar 25, 2019 | ११ चैत्र २०७५

संसद भवन छिर्न पाउलान् त रेशम चौधरी?


संसद भवन छिर्न पाउलान् त रेशम चौधरी?
फाइल फोटो

काठमाडौं: गत बिहिवार कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यका रुपमा शपथ लिएका रेशम चौधरीको मूद्दाको सर्वोच्च अदालतमा पेसी चढेको छ।

कर्तव्य ज्यान मुद्दामा जिल्लाको आदेशविरुद्ध चौधरी गत असारमा सर्वोच्च पुगेका थिए। न्यायधीश इश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीले सांसद चौधरीको पेसीको सुनुवाइ गरिरहेका छन्। अदालतको सुनुवाइबाट सांसद चौधरीलाई साधारण वा धरौटी तरिकमा रिहा गर्न आदेश दिएको खण्डमा उनी व्यवस्थापिका संसद छिर्न पाउने छन्।

२०७२ भदौ ७ गते मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक जना बालक मारिएका थिए। यस घटनापछि सुरक्षाकर्मीको यातनाबाट एक जना थारु पनि मारिएका थिए। यही घटनामा चौधरीविरुद्ध कर्तव्य ज्यानको मुद्दा थियो।

टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत् राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए। चौधरी ३४ हजार ३४१ मतसहित विजयी भएका थिए।

घटनाका मुख्य आरोपी सांसद चौधरी गत वर्षको फागुन १४ गते जिल्ला अदालत कैलालिमा आत्मसमर्पण गरेका थिए। त्यसयता उनी काठमाडौंस्थित डिल्लीबजार कारागारमा छन्।



संसद भवन छिर्न पाउलान् त रेशम चौधरी? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट