PahiloPost

Jun 17, 2019 | २ असार २०७६


वाइडबडी प्रकरणमा सरकारी समिति भ्रष्टाचार ढाकछोपका लागि : पौडेल


वाइडबडी प्रकरणमा सरकारी समिति भ्रष्टाचार ढाकछोपका लागि : पौडेल
फाइल फोटो

नवलपरासी: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्र्द पौडेलले सरकारले वाइडबडी खरिदमा भएको अनियमितता छानिवनका लागि नभई ढाकछोप गर्न नयाँ समिति बनाएको आरोप लगाएका छन्।

आज नवलपरासीकाे हुप्सेकाेट गाउँपालिकामा समाजवाद अध्ययन केन्द्र भक्तपुरले ह्वीलचेयर वितरण कार्यक्रममा पौडेलले भ्रष्टाचारकाे छानविनका लागि संसदले छानविन गरिरहेकाे अवस्थामा फेरि संसदलाई चुनाैति दिदै अर्काे समिति बनाउनु भनेकाे भ्रष्टाचार ढाकछाेप गर्नु भन्दा अरू केही नहुने बताए। 

उनले सरकार संसदकाे अधिकारमाथि धावा बाेल्न लागेकाे बताए। पाैडेलले सरकार सुशासन, विकास र सुरक्षा दिन असफल भएकाे आरपसमेत लगाए। उनले मुलुककाे िवकासको लािग कांग्रेसकाे विकल्प नभएकोसमेत दाबी गरे।



वाइडबडी प्रकरणमा सरकारी समिति भ्रष्टाचार ढाकछोपका लागि : पौडेल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट