PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सामाखुसीमा माइक्रोबसले ठक्कर दिँदा बाटो काटिरहेकी एक महिलाको मृत्यु, चार जना घाइते



पहिलोपोस्ट

सामाखुसीमा माइक्रोबसले ठक्कर दिँदा बाटो काटिरहेकी एक महिलाको मृत्यु, चार जना घाइते

काठमाडौः  सामाखुसीमा माइक्रोबसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

बा १ ज ९७६६ नम्बरको माइक्रोबसले पैदल यात्रु ५६ वर्षीय सिता दाहाललाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको  प्रहरीले जनाएको छ। ठक्करको कारण अन्य चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा तीन महिला र एक पुरुष रहेका छन्। थलिबाट कलंकी जादै गरेको बसले बाटो काट्न लागेका यात्रुलाइ ठक्कर दिएको महानगरीय प्रहरी प्रभाग बसपार्कका प्रहरी निरिक्षक मोहन विक्रम केसीले जानकारी दिए।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell