PahiloPost

Jan 23, 2019 | ९ माघ २०७५


संसदमा दिएको अभिव्यक्तिको बचाउमा प्रधानमन्त्री, भने: 'न्युरोडमा राखेको सुगाले जसरी बोलेको होइन'


संसदमा दिएको अभिव्यक्तिको बचाउमा प्रधानमन्त्री, भने: 'न्युरोडमा राखेको सुगाले जसरी बोलेको होइन'

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार संसदमा दिएको अभिव्यक्ति तथ्यमा आधारित भएको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले आइतवार प्रतिनिधि सभाको बैठकमा चालू आर्थिक वर्षको पाँच महिनाको आर्थिक सूचक सकारात्मक रूपमा अघि बढेको दाबी गरेका थिए।

सोमवार नेपाल चेम्बर अफ कमर्सको ६८ ‍औं साधरणसभामा प्रधानमन्त्रीले भने, 'मैले हिजो संसदमा बोलेको कुरा तथ्यमा आधारित छ। न्युरोडमा पिँजडामा राखेको सुगाले खाम निकालेर दिए जसरी बोलेको होइन। तथ्यमा आधारित छ।' प्रधानमन्त्री ओलीले आइतवार संसदमा मूल्यवृद्धि दर ३.७ प्रतिशतमात्र रहेको भनेर संसदमा भाषण गरेका थिए। 

उक्त अभिव्यक्ति गलत भएको भन्दै उनको सञ्चार माध्यममा आलोचना गरिएको थियो।

तर मूल्यवृद्धिको हिसाबकिताब राख्ने राष्ट्र बैंकको तथ्याङ्कमा ४.२ प्रतिशतले भाउ बढेको उल्लेख छ। प्रधानमन्त्री ओलीले भने, 'जति विद्युत् निकाल्यौ त्यही भनेका हो। जति स्कुल बनाएका थियौ त्यही भनेका हो। हामीले हचुवाको भरमा कसैलाई हेरेर भनेका होइनौ।'

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीको दाबी,‘महंगी घटेको छ, देश आर्थिक प्रगतितिर लम्किरहेको छ'
महँगी घटेको भन्दै संसदमा दाबी गरेका प्रधानमन्त्री ओलीको तथ्याङ्क नै गलत, यस्तो छ वास्तविकता



संसदमा दिएको अभिव्यक्तिको बचाउमा प्रधानमन्त्री, भने: 'न्युरोडमा राखेको सुगाले जसरी बोलेको होइन' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट