PahiloPost

Jun 17, 2019 | २ असार २०७६


'कसांकारलाई कालोमोसो टेलरमात्र,' पर्यटनमन्त्रीलाई पनि दल्ने क्रान्तिकारी माओवादीको चेतावनी


'कसांकारलाई कालोमोसो टेलरमात्र,' पर्यटनमन्त्रीलाई पनि दल्ने क्रान्तिकारी माओवादीको चेतावनी

काठमाडौं: मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले वाइडबडी प्रकरणमा मुछिएका नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सार्वजनिक स्थानमा कालोमोसो दल्ने चेतावनी दिएको छ।

क्रान्तिकारी माओवादीले सोमावार वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गर्ने लाई कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गर्‍यो। काठमाडौंको शान्ति वाटिकाबाट सुरु भएको र्‍याली प्रदर्शनीमण्डप, शहीदगेट, सुनधारा, न्यूरोड हुँदै इन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै क्रान्तिकारी माओवादीका नेताहरुले पार्टीको नीति अनुरुप भ्रष्टाचारीलाई कारवाही अगाडि बढाएको उद्घोष गरे। कार्यक्रममा नेता सुरेश श्रेष्ठले वाइडबडी प्रकरणमा भ्रष्टाचारमा मुछिएका मन्त्री अधिकारीलाई सार्वजनिक कार्यक्रममा कालो झण्डा देखाउँदै कालोमोसो दल्ने चेतावनी दिए।

क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा लिगका कार्यकर्ताले शुक्रवार नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलेका थिए। कालोमोसो दलेको अभियोगमा क्रान्तिकारी युवा लिगका केन्द्रीय सचिवालय सदस्य सुरेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई अदालतबाट सात दिनको म्याद थप गरी थुनामा राखिएको छ।

क्रान्तिकारी माओवादीले पक्राउ तामाङको रिहाइको मागसमेत गरेको छ।

कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका ३ नं प्रदेश सेक्रेटरी दिनेश शर्माले पार्टीको नीति अनुरुप कंसाकारलाई कारवाही गरिएको र उनलाई कालोमोसो दल्ने काममा तामाङ संलग्न नभएको भन्दै रिहाइको माग गरे।

उनले कंसाकारलाई कारवाही गर्नु टेलर मात्र भएको र भ्रष्टहरुलाई कारवाही अगाडि बढाउने बताए।

'यो त टेलर मात्र हो बुटवलमा सम्पन्न केन्द्रीय कमिटिको बैठकले भ्रष्टहरुलाई कारवाही सुरु गरिएको छ। यो अगाडि बढ्छ,' उनले भने।



'कसांकारलाई कालोमोसो टेलरमात्र,' पर्यटनमन्त्रीलाई पनि दल्ने क्रान्तिकारी माओवादीको चेतावनी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट