PahiloPost

Jan 23, 2019 | ९ माघ २०७५


राप्रपा जनजाति विभागको गोष्ठीमा कमल थापाले भने, 'सबै धर्म र सम्प्रदायसँग समन्वय गरेर अगाडि बढ्छौं'


राप्रपा जनजाति विभागको गोष्ठीमा कमल थापाले भने, 'सबै धर्म र सम्प्रदायसँग समन्वय गरेर अगाडि बढ्छौं'

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सबै धर्म–सम्प्रदायसँग समन्वय गरेर अगाडी बढ्ने बताएका छन्। आज पार्टीको आदीवासी जनजाति विभागद्वारा आयोजित ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र आदिवासी जनजाति बिचको सम्बन्ध’ विषयक विचार गोष्ठीमा बोल्दै थापाले हिन्दु, बौद्ध, किराँत, मुस्लिम र क्रिश्चियन सबैको साझा पार्टीको रुपमा राप्रपालाई निर्माण गर्ने दावी गरे।

राप्रपाका विषयमा धेरै भ्रम र अफवाहहरु छन्, तिनलाई चिरेर अगाडी बढ्न आवश्यक भएको चर्चा गर्दै अध्यक्ष थापाले राप्रपाले उठाएका विषयहरु देश र जनहितको पक्षमा रहेको बताए। सवै जाति, भाषा र धर्मको समुचित विकास नभई देशको समग्र विकास हुन नसक्ने समेत थापाले स्पष्ट पारे।

कार्यक्रममा पार्टीका नेता तथा सांसद राजेन्द्र लिङदेनले सम्पुर्ण आदिवासी जनजातिको भाषा, लिपिको संरक्षण र सम्बर्धनमा राप्रपा सदैव सचेत एवं चनाखो रहेको बताए। सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरु अटाउन सक्ने एजेण्डा राप्रपाले अख्तियार गरेकोले निर्धक्क भई पार्टीको संगठन विस्तारमा लाग्न उनको आग्रह थियो।

आदिवासी जनजाति विभागका प्रमुख लालध्वज लामाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पार्टीका वरिष्ठ नेता बालाराम घर्तिमगर, प्रशिक्षण विभागका प्रमुख भुवन पाठक, मोहन लामालगायतले सम्बोधन गरेका थिए।



राप्रपा जनजाति विभागको गोष्ठीमा कमल थापाले भने, 'सबै धर्म र सम्प्रदायसँग समन्वय गरेर अगाडि बढ्छौं' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट