PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अमेरिका - मेक्सिको सीमा विवाद : पर्खाल बनाउन डोनाल्ड ट्रम्पद्वारा बजेट माग



अमेरिका - मेक्सिको सीमा विवाद : पर्खाल बनाउन डोनाल्ड ट्रम्पद्वारा बजेट माग
टेलिभिजन सम्बोधनका क्रममा डोनाल्ड ट्रम्प, फोटो : रोयटर्स

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउनका लागि बजेट माग गरेका छन्।

उनले बढ्दो मानवीय तथा आप्रवासी संकट समाधान गर्न मेक्सिकोसँगको सीमामा स्टिलको पर्खाल लगाउन ५.७ बिलियन अमेरिकी डलर बजेट माग गरेको बीबीसीले जनाएको छ।

तर अमेरिकाको तल्लो सदन 'कंग्रेस'मा रहेका डेमोक्रेटहरु ट्रम्पलाई बजेट दिने पक्षमा छैनन्।

कंग्रेसले बजेट पास गर्ने नदेखेपछि केही दिन अघि ट्रम्पले कंग्रेसको स्वीकृति बिना नै पर्खाल बनाउने चेतावनी दिएका थिए।

अमेरिकी संसदले पर्खाल बनाउनका लागि बजेट नदिए संकटकाल लगाउने र सरकारी काम वर्षौंसम्म ठप्प पार्ने ट्रम्पको चेतावनी थियो। यद्यपी आजको टेलिभिजन सम्बोधनका क्रममा ट्रम्पले  त्यस्तो केही घोषणा नगरेको बताइएको छ।

 सम्बोधनपछि प्रतिक्रिया दिँदै डेमोक्रेटिक नेताहरुले ट्रम्पको कडा आलोचना गरे।  उनीहरुले ट्रम्पले अमेरिकी जनतालाई बन्धक बनाएको आरोप लगाएका छन्।

सीमामा पर्खाल लगाउने बिषयमा भएको विवादका कारण केही हप्तादेखि अमेरिकाका सरकारी कार्यालयहरु आंशिक रुपमा बन्द छन् भने हजारौं कर्माचारीहरु तलब बिना काम गर्न बाध्य भएका छन्।‍

अमेरिका प्रवेश गर्न खोजी रहेका हजारौं आप्रवासीहरु केही महिनदेखि अमेरिकासँग सीमा जोडिएको मेक्सिकोका शहरहरुमा छन्। तर ट्रम्प प्रशासनले भने गैर कानूनी रुपमा कसैलाई पनि अमेरिका प्रवेश गर्न नदिने बताएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell