PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चिकित्सा शिक्षा विधेयक बहुमतले पारित



चिकित्सा शिक्षा विधेयक बहुमतले पारित

काठमाडौं: संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएको छ।

डा.गोविन्द केसीसँग भएको सम्झौता विपरीत चिकित्सा विधेयक पारित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले असहमति जनाएका थिए।

विधेयक चिकित्सा शिक्षा अध्यादेश र डा गोविन्द केसीका मागभन्दा फरक ढंगबाट विधेयक दर्ता भएको थियो।

डा.केसीसँग सम्झौता भएअनुसार विधेयक नआएकोले आफूहरुले असहमति जनाएको नेपाली कांग्रेसका सांसद गगन थापाले जानकारी दिएका छन्।

एउटा विश्वविद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिने विषयमा डा.केसीसँग सहमति भएको थियो। तर अहिले ऐन प्रारम्भ हुनुअघि उपत्यका बाहिर सम्बन्धन पाइसकेका, आसय पत्र बुझाइसकेका कलेजलाई भने सम्बन्धन दिने भएको छ।

सांसद थापाले डा.केसीसँग भएको सम्झौता हुबहु कार्यन्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन्।

आजको समितिको बैठकमा १८ जना सांसदहरु सहभागी थिए जसमध्ये १४ जना नेकपाका थिए। बहुमतबाट विधेयक पारित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell