PahiloPost

Mar 21, 2019 | ७ चैत्र २०७५

युएई विरुद्धको ओडिआई र टी-२० सिरिजको लागि बन्द प्रशिक्षण शुरु


रासस

युएई विरुद्धको ओडिआई र टी-२० सिरिजको लागि बन्द प्रशिक्षण शुरु
file photo

काठमाडौँ : संयुक्त अरब इमिरेट्स (युएई)सँग एक दिवसीय (ओडिआई) र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ।

कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडीलाई बोलाइएको छ। तर राष्ट्रिय टिमका कप्तान पारस खड्का र दिपेन्द्र ऐरीं अष्ट्रेलियामा रहेका कारण केही दिनपछि मात्र बन्द प्रशिक्षणमा सामेल हुनेछन्।

बन्द प्रशिक्षणमा कप्तान पारस खड्कासहित वसन्त रेग्मी, भीम सार्की, अविनाश बोहरा, विक्रम सोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल र करण केसी छन्।

त्यसैगरी ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी छन्।

आज पहिलो दिनको बन्द प्रशिक्षणमा भने १६ खेलाडीले मात्र सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक जगत टमाटाले जानकारी दिए।

उनले केही खेलाडी बाहिर जिल्लामा र केही विदेश भएकाले सबै खेलाडीको उपस्थिति हुन नसकेका बताए। कप्तान पारस खड्का र दीपेन्द्र सिंह ऐरी भने अष्ट्रेलियामा छन् । केही दिनपछि सबै खेलाडी बन्द प्रशिक्षण सहभागी हुने प्रशिक्षक टमाटाको भनाइ छ।

युइर्एमा नै हुने उक्त प्रतियोगिता आगामी माघ ११ देखि २० गतेसम्म हुनेछ। युएइसँगको पहिलो एक दिवसीय खेल आगामी माघ ११ गते हुनेछ। दोस्रो खेल माघ १२ र तेस्रो खेल माघ १४ गतेका लागि तय भएको छ। यस्तै टी ट्वान्टीतर्फ पहिलो खेल माघ १७, दोस्रो माघ १८ र तेस्रो खेल माघ २० गते हुनेछ।

नेपालले गत वर्ष जिम्बावेमा भएको विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएको थियो।



युएई विरुद्धको ओडिआई र टी-२० सिरिजको लागि बन्द प्रशिक्षण शुरु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट