PahiloPost

Aug 24, 2019 | ७ भदौ २०७६


बीपीएल : दोस्रो खेलमा सन्दीपको किफायती बलिङ, सिक्सर्स ५ रनले विजयी


पहिलोपोस्ट

बीपीएल : दोस्रो खेलमा सन्दीपको किफायती बलिङ, सिक्सर्स ५ रनले विजयी

काठमाडौँ : सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा सिलेट सिक्सर्सका लागि लगातार दोस्रो खेल खेल्दै उत्कृष्ट बलिङ गरेका छन्।

बुधवार चितागोङ भाइकिङ्स विरुद्धको खेलमा ४ ओभर बलिङ गर्दै २१ रन खर्चिए। तर सन्दीपले विकेट भने लिन सकेनन्। उनले उत्कृष्ट फिल्डिङ गर्दै भाइकिङ्सका क्यामरुन डेलपोर्टलाई डाइरेक्ट हिटमार्फत रनरआउट गरे।

सन्दीपले २४ बल बलिङ गर्दान ७ बल डट फाले भने एक चौका दिए। यसअघि कमिला भिक्टोरिएन्स विरुद्ध बीपीएलमा डेब्यु गर्दै सन्दीपले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका थिए।

सन्दीपले विकेट लिन नसकेपनि सिक्सर्सले भाइकिङ्सलाई ५ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ। भाइकिङ्सका लागि रोवी फ्रांकलिनले अलराउण्ड प्रदर्शन गरेपनि जितका लागि पर्याप्त भएन।

टस जितेर पहिले ब्याटिङ गरेको सिक्सर्सले कप्तान डेविड वार्नर र निकोलस पुरनको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो। वार्नरले सर्वाधिपक ५९ रन बनाउदा पुरनले नटआउट ५२ रन बनाए। अफिफ होसेनले ४५ रन जोडे।

तेस्रो ओभरमै ६-३ को अवस्थामा पुगेको सिक्सर्सको इनिङ्स उकास्न कप्तान वार्नर अफिफले चौथो विकेटका लागि ७१ रनको साझदारी गरे। यस्तै पाँचौ विकेटका लागि वार्नर र पुरनले ७० रनको साझेदारी गरे। बलिङमा रोवी फ्रांकलिनले ३ विकेट लिए।

जवाफमा १६९ रनको लक्ष्य पछ्याएको भाइकिङ्स्सले २० ओभर खेल्दा ७ विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो। रोवी फ्रांकलिनले आक्रमक ब्याटिङ गर्दै २४ बलमा नटबउट ४४ रन बनाएपनि जित दिलाउन सकेनन्। यस्तै क्यामरुना डेलपोर्टले ३८ तथा सिकन्दर राजाले ३७ रन बनाए।

सिक्सर्सका लागि तस्किन अहेमदले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए। आलोक कपालीले २ ओभरमा ६ रन खर्चेर २ विकेट झारे।



बीपीएल : दोस्रो खेलमा सन्दीपको किफायती बलिङ, सिक्सर्स ५ रनले विजयी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट