PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

थाइल्याण्डमा हुने 'महिला टी-२० स्म्यास' क्रिकेटका लागि १४ सदस्यीय नेपाली टोली घोषणा



पहिलोपोस्ट

थाइल्याण्डमा हुने 'महिला टी-२० स्म्यास' क्रिकेटका लागि १४ सदस्यीय नेपाली टोली घोषणा
PHOTO : WICKETNEPAL

काठमाडौँ : थाइल्याण्डमा यही जनवरी १२ देखि १८ सम्म आयोजना हुने 'थाइल्याण्ड वुमेन्स टी-२० स्म्यास २०१९' को लागि रुवीना क्षेत्रीको कप्तानीमा १४ सदस्यी नेपाली महिला टोलीको घोषणा भएको छ।

सीता राना मगर उपकप्तान रहेको टोलीमा आरती बिडारी, कविता कुँवर, डली भट्ट र विन्दु रावलले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्। राष्ट्रिय टिमबाट खेलिसकेका रितु कनौजिया र सवनम राईसहित सुमन विष्ट वैकल्पिकको सूचीमा छन्।

प्रतियोगितामा भाग लिन नेपाली महिला टोली जनवरी ११ (शुक्रवार)थाइल्याण्डल प्रस्थान गर्नेछ।

नेपाल र आयोजक थाइल्याण्डसहित प्रतियोगितामा कूल १० टोलीले प्रतिस्पर्धा गर्नेछ। सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

नेपाल रहेको समुहमा तान्जानिया, नामिबिया, इन्डोनेसिया र कुवेत रहेका छन्। यस्तै अर्को समूहमा आयोजक थाइल्याण्ड भुटान, हङकङ, मलेसिया र एसएल नेभी छन्।

नेपालले पहिलो खेल जनवरी १२ मा तान्जानियासंग खेल्नेछ। यस्तै जनवरी १४ मा नामिबियासंग, जनवरी १५ मा इन्डोनेसियासंग र जनवरी १६ तारिकमा कुवेतसंग प्रतिस्पर्धा गर्नेछ। दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

 

नेपाली टिम :

रुबिना क्षेत्री (कप्तान), सीता राना मगर (उप-कप्तान), करुणा भण्डारी, सरीता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डली भट्ट, ममता चौधरी, बिन्दु रावल

वैक्लपिक खेलाडी : रितु कनौजिया, सुमन बिस्ट, सबनम राई

 

सपोर्ट स्टाफ :

अमृता पौडेल : टिम व्यवस्थापक

बिनोद दास : प्रशिक्षक

सकुना दानी : फिजीयो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell