PahiloPost

Jan 23, 2019 | ९ माघ २०७५

विमल घर्ती मगर बेल्जियन क्लबमा ट्रायल दिँदै

विमल घर्ती मगर बेल्जियन क्लबमा ट्रायल दिँदै

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्ती मगर हाल बेल्जियन क्लबमा प्रशिक्षण गरिरहेका छन्।

नेपालमा शहिद स्मारक ए डिभिजन लिग भइरहेको बेला विमल च्यासल युथ क्लबसँग सम्झौता रद्ध गरेर बेल्जियम लागेका थिए।

उनी हाल बेल्जियमको तेस्रो डिभिजन क्लब लिएर्स केम्पेनजोनमा ट्रायल र प्रशिक्षण दिइरहेका छन्।

उक्त क्लबले मंगलवार नेदरल्याण्ड्सको क्लब रोडा जेसी केरक्राडेसँग खेलेको मैत्रीपूर्ण खेलमा विमलले समेत खेलेका थिए। क्लबको अफिसियल वेव साइटका अनुसार विमलले लिएर्सका लागि दोस्रो हाफमा खेलेका थिए। उक्त खेलमा लिएर्स नेदरल्याण्ड्सको रोडा जेसीसँग २-० ले पराजित भएको थियो। रोडा डच पहिलो श्रेणीको लिग एरेडिभिजनबाट रेलेगेट हुँदै यस सिजन दवस्रो श्रेणीको लिग एर्सटे डिभिजमा घटुवा भएको क्लब हो।

लिएर्स र ओस्टरजेनोन मर्ज भएर बनेको लिएर्स केम्पेनजोन हाल बेल्जियमको तेस्रो श्रेणीको लिग 'बेल्जियन फस्ट एमाचर डिभिजन २०१८-१९' खेलिरहेको छ।

विमलले यसअघि नेदरल्याण्ड्सको एफसी ट्वेन्टे र बेल्जियमकै एन्डरलेक्ट जस्ता क्लबले ट्रायल दिएका थिए। यस्तै दुई वर्षअघि स्पेनको मार्बेला युनाइटेडमा पनि विमलले प्रशिक्षण गरेका थिए।

फोटो : लिएर्स केम्पेनजोन

 



ट्रेन्डिङ पोस्ट