PahiloPost

Mar 26, 2019 | १२ चैत्र २०७५

इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङमा नेपाली खेलाडी हावी


पहिलोपोस्ट

इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङमा नेपाली खेलाडी हावी

काठमाडौँ : नेपाली खेलाडीद्वय नङ्जा बुढामगर र ललिता महर्जनले इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ प्रतियोगिताको फाइनल भिडन्त पक्का गरेका छन्।

बुधवार भएको ४८ केजी तौलको सेमिफाइनलमा बुढामगरले भारतकी दिपीकालाई अंकको आधारमा ४-१ ले हराईन्। यस्तै महर्जनले भुटानकी तान्जीङ लामोलाई अंककै आधारमा ३-२ ले पराजित गरिन्।

महिला ५१ केजीमा नेपालकी माला राई,५४ केजीमा नेपालकै निसा तामाङ र ६० केजीमा नेपालकै संगिता सुनारले फाइनलमा स्थान बनाएका छन्।

बोसीगाँउमा भएको प्रतियोगिताको पुरुष स्पर्धामा पनि नेपाली खेलाडी नै हावी भए। ४९ केजीमा नेपालका तेजवहादुर देउवा र प्रदिप महर्जन फाइनलमा पुगे।

५२ केजीमा नेपालका प्रेम चौधरीले भारतका सचिनसँग फाइनल भेट पक्का गरे। ५६ केजीमा नेपालका बिमल रोका र पुरन राई फाइनल प्रवेश गरेका छन्।

६० केजीमा नेपालका एकवहादुर घले र भुटानका निमा दोर्जी तथा ६४ केजीमा नेपालका भुपेन्द्र थापामगर र भुटानका दोर्जी वाङ्जेली फाइनलमा भिड्ने भएका छन्।

यस्तै ६९ केजीमा नेपालका बिकास लामा र बिष्णुप्रसाद घले तथा ७५ केजीमा नेपालका दिपक श्रेष्ठ र भारतका रवि सुनारले फाइनल भिडन्त पक्का गरे।

गृहमन्त्री रामवहादुर थापाले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई खेल सामाग्री हस्तान्तरण गरेर दुई दिने प्रतियोगिताको उद्घाटन गरेका थिए। प्रतियोगिताका स्वर्ण विजेताले १५ हजार, रजत विजेताले १० हजार तथा कास्य विजेताले ५ हजार नगद प्राप्त गर्नेछन्।



इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङमा नेपाली खेलाडी हावी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट