PahiloPost

Mar 21, 2019 | ७ चैत्र २०७५

नेपालका प्रिन्स दाहाल दुई विधाको सेमिफाइनलमा


पहिलोपोस्ट

नेपालका प्रिन्स दाहाल दुई विधाको सेमिफाइनलमा

काठमाडौं : दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन च्याम्पियनका विजेता प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकाल्दै अन्तिम चारमा फ्रवेश गरेका छन्। दाहालले यू–१९ स्पर्धामा म्यानमारका थु रिनलाई २१–११, २१–१५ ले पराजित गरे। यसैगरी यू–१५ मा पनि नेपालका रोहित बराललाई २१–६, २१–११ ले हराउँदै सेमिफाइनलमा स्थान बनाए।

मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यू–१९ मा प्रफुल महर्जनले सत्यम सुब्बालाई २१–४, २१–१० ले गरे। उनले सेमिफाइनलमा प्रनिशसिंह ठकुरीलाई २१–१२, १६–२१, २१–१६ ले हराएका पविन लिन्थेपसँग प्रतिस्पर्धा गर्नेछन्। यस्तै रुकेश महर्जनले सहरोज अन्सारीलाई २१–१४, १५–२१, २१–१७ ले पराजित गरे। रुकेश महर्जनले अब सेमिफाइनलमा प्रिन्ससंग प्रतिस्पर्धा गर्ने भएका छन्।

यू–१५ मा प्रिन्सका साथै हिमाल चन्द, रोशन साउद र म्यानमारका ज लिन थु पनि अन्तिम चारमा पुगेका छन्।। हिमालले बिवेक चौधरीलाई २१–१६, २१–१९, रोशन साउदले उज्ज्वल श्रेष्ठलाई १३–२१, २१–१२, २१–१३ र ज लिनले नेपालका अनिश खतिवडालाई २१–१६, २१–११ ले पराजित गरे।

यू–१९ छात्रामा जेसिका गुरुङ, सीमा राजवंशी, रञ्जना भट्ट र रसिला महर्जनले अन्तिम चारमा स्थान पक्का गरे। जेशिकाले निता लम्साललाई २१-१०, २१-६, सिमाले बिश्ना बिष्टको रिटायर्ड हर्टका आधारमा, रञ्जनाले रोज पाण्डेलाई २१-१२, २१-१२ ले तथा रशिलाले अञ्जना राईलाई २१-२, २१-६ ले पराजित गर्दै सेमिमा स्थान बनाएका हुन्। बिश्ना खेलका दौरान घुंडामा चोट आएका कारण खेलबाट बाहिरिएकी थिईन्।

यसैगरी यू–१९ छात्र युगलमा प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले सफल थापा र सरोज गुप्ताको जोडीलाई २१–१०, २१–१० ले पराजित गरे। महर्जन जोडीले पेम्बा शेर्पा र प्रियान्सु क्षत्रीको जोडीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन्। शेर्पा  र क्षेत्रीको जोडीले देवराज राना र रोशन साउदको जोडीलाई २१-११, २१-१२ ले हराएका थिए।

यस्तै अर्को सेमिफाइनलमा पविन लिनथेप र दिवश बिश्वकर्माको जोडीले म्यानमारका ज लिन थु र थु रिनको जोडी संग प्रतिस्पर्धा गर्नेछन् । लिनथेपको जोडीले शिब थापा र सहरोज अन्सारीको जोडीलाई २१-१२, २१-१७ तथा थुको जोडीले रोहित बराल र उज्जल श्रेष्ठको जोडीलाई २१-५, २१-१५ ले हराए।



नेपालका प्रिन्स दाहाल दुई विधाको सेमिफाइनलमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट