PahiloPost

Jan 23, 2019 | ९ माघ २०७५


कोपा डेल रे : रामोसले करियरको सयौँ गोल पुरा गर्दा रियलको सहज जित


पहिलोपोस्ट

कोपा डेल रे : रामोसले करियरको सयौँ गोल पुरा गर्दा रियलको सहज जित

कप्तान सर्गियो रामोसले आफ्नो करियरको सयौँ गोल पुरा गरेका छन्। रियल मड्रिडका डिफेण्डर रामोसले स्पानिस कोपा डेल रे अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा लेगानेस विरुद्ध गोल गर्दै उक्त उपलब्धी हासिल गरे।

रामोससँगै भिनिसियस जुनिएर र लुकास भजक्वेजको गोलमा रियल मड्रिडले लेगानेसलाई ३-० ले पराजित गरेको हो।

खेलको ४४औँ मिनेटमा रामोसले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। रामोसले रियलका लागि ८० गोल गरिसकेका छन्। यस्तै सेभियाका लागि ३ र स्पेनको राष्ट्रिय टोलीका लागि १७ गोल गरेका छन्।

रियलका लागि भज्क्जेवले ६८औँ र भिनिसियसले ७७औँ मिनेटमा गोल गरे।


पछिल्लो समय स्पानिस ला लिगामा खराब प्रदर्शन गरिरहेको रियललाई यो जितले राहत मिलेको छ। प्रशिक्षक सान्टियागो सोलारीले पहिलो रोजाईँ केही खेलाडी इन्जुर्ड हरेकाले यस खेलमा युवा खेलाडीलाई अवसर दिएका थिए। बालोन डे'ओर र फिफा बेस्ट अवार्ड विजेता लुका मोडरिचले समेत बेन्चमा बसेर यो खेल हेरे।

यस्तै यही खेलमार्फत स्पेनका युवा खेलाडी ब्राहिम डियाजले पनि रियलका लागि डेब्यु गरेका छन्। केही दिनअघि मात्र म्यानचेष्टर सिटीबाट रियल पुगेका डियाज ७८औँ मिनेटमा भिनिसियसको स्थानमा मैदान प्रवेश गरेका थिए।

उता अर्को मड्रिड क्लब एट्लेटिको भने पहिलो लेगमा जिरोनासँग १-१ को बराबरीमा रोकिएको छ। एन्टोनी ग्रिजमनको गोलबाट एट्लेटिकोले अग्रता लिएपनि एन्टोनी लोजानोले जिरोनाका लागि बराबरी गोल फर्काए। दुवै गोल पहिलो हाफमै भएको थियो। यस्तै गेटाफले रियल भाल्लोडोलिडलाई १-१ ले पराजित गर्दा भियारियाल र स्पानयोले २-२ को बराबरी खेलेका छन्।



कोपा डेल रे : रामोसले करियरको सयौँ गोल पुरा गर्दा रियलको सहज जित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट