PahiloPost

Jun 17, 2019 | २ असार २०७६


बालुवाटार पुगेका जापानी विदेशमन्त्रीलाई प्रधानमन्त्री ओलीले भने, 'ह्याप्पी बर्थ डे तारो!’


बालुवाटार पुगेका जापानी विदेशमन्त्रीलाई प्रधानमन्त्री ओलीले भने, 'ह्याप्पी बर्थ डे तारो!’
फोटो : PMO

काठमाडौं: नेपाल भ्रमणमा रहेका जापानी विदेशमन्त्री तारो कोनो आफ्नो निर्धारित कार्यक्रम अनुसार बिहीवार बिहानै प्रधानमन्त्री निर्वास बालुवाटार पुगे, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्न। 

तारो कोनो बालुवाटरमा प्रवेश गर्दै गर्दा ५५ वर्ष पूरा गरी ५६ वर्ष प्रवेश गरेका थिए। सन् १९६३ जनवरी १० मा जन्मिएका थिए उनी। प्रधानमन्त्री ओलीलाई यसको जानकारी उनको सचिवालयले दियो।
 
जापानी विदेशमन्त्री बालुवाटार आउँदै थिए। प्रधानमन्त्री ओलीले पुष्प गुच्छा तयार गर्न लगाए। जापानी कुटनीतिक टोलीसहित बालुवाटार पुगेका तारो कोनोलाई प्रधानमन्त्री ओलीले पुष्प गुच्छा दिँदै भने, ‘ह्याप्पी बर्थ डे टु यु!’

बालुवाटारमा प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्रीबीच भएको भेटका क्रममा आपसी हितका सन्दर्भमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। कोनो आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ। 



बालुवाटार पुगेका जापानी विदेशमन्त्रीलाई प्रधानमन्त्री ओलीले भने, 'ह्याप्पी बर्थ डे तारो!’ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट