PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जन्मदिनमा ऋतिकलाई पूर्व पत्नीले भनिन् ‘बेस्ट फ्रेन्ड फरेभर’



पहिलोपोस्ट

जन्मदिनमा ऋतिकलाई पूर्व पत्नीले भनिन् ‘बेस्ट फ्रेन्ड फरेभर’

जनवरी १०, बलिउड अभिनेता ऋतिक रोशनको जन्मदिन हो। यो वर्ष उनी ४५ वर्षका भएका छन्। ऋतिकलाई सामाजिक सञ्जालमा फ्यान तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिने क्रम जारी छ। यसैबीच उनकी पूर्व पत्नी सुजैन खानको पोस्ट चर्चामा छ।

उनले इन्स्टाग्राममार्फत सेयर गरेको पोस्टमा ऋतिकलाई जन्मदिनको शुभकामना दिएकी छिन्। लेखेकी छिन्,’मेरो बेस्ट फ्रेन्ड फरेभरलाई जन्मदिनको शुभकामना।‘ उनले ह्यासट्यागको प्रयोगमा ऋतिकलाई ‘सोल मेट’ र उत्कृष्ट बुवा समेत सम्बोधन गरेकी छिन्।

कङ्गना रनावतसँग सम्बन्धको चर्चा चलेसँगै, चार वर्षअघि यी दुईले सम्बन्ध विच्छेद गरेका थिए। तर, केही समययता यी दुईको पुनर्मिलनको सम्भावनाको हल्ला पनि छ। सामाजिक समारोहमा एकसाथ उपस्थित हुने, फोटो खिचाउनेदेखि एकअर्काको तारिफ गर्दै पोस्टहरु गर्ने गरेका छन्।

यी दुई कानुनी रुपमा छुट्टिएपनि दुई सन्तान ऋदान र रेहानलाई संयुक्त रुपमा स्याहार्दै आएका छन्। छोराहरुको भ्याकेसनमा उनीहरु एकसाथ विदेशिने गरेका छन्।

ऋतिक अब फिल्म ‘सुपर ३०’ मा देखिने तयारीमा छन्। फिल्मलाई विशाल बाहलले निर्देशन गर्दै थिए। मिटूका कारण यौन दुर्व्यवहारको आरोपमा परेपछि कबिर खानले निर्देशकीय जिम्मेवारी सम्हाल्दै छन्। फिल्म जनवरी २५ मा सार्वजनिक हुँदैछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell