PahiloPost

Jun 18, 2019 | ३ असार २०७६


डा केसीको अनशनबारे सरकार : यो त उत्सव मनाउनुपर्ने बेला हो 


डा केसीको अनशनबारे सरकार : यो त उत्सव मनाउनुपर्ने बेला हो 

काठमाडौं: इलाम पुगेर १६ औं अनशन थालेका डा गोविन्द केसीमा मागहरु पुरा भइसकेको सरकारले दाबी गरेको छ। सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले आज नियमित पत्रकार सम्मेलनमा उक्त दाबी गरेका हुन्।

सम्मेलनमा बास्कोटाले भने, 'केसीका माग सबै पुरा भइसके जस्तो लाग्छ। चिकित्सा शास्त्रमा उहाँले जुन कुरा उठाउनुभयो। यसमा संसदका समितिहरुले पनि एउटा निर्णय लिइसकेका छन्। यो त उत्सव मनाउनुपर्ने बेला जस्तो लाग्छ। यसमा के सम्बोधन भएन र? अरु विषयमा केसीजीले केके गर्नुहु्न्छ? हामीले थाहा भएन।'

कांग्रेस सरकारकै पालामा ८ पटकभन्दा बढी अनशन बसिसकेको उल्लेख गर्दै उनले अहिलेको माग विशुद्धसमेत नरहेको आरोप लगाएका छन्। 'विषय अनेक जोडिएर आएका छन्। विशुद्ध छैन। खिचडी पनि हो कि तपाइहरुले पनि हेर्नुहोला,' बास्कोटाले सञ्चारकर्मीसँग भने।

चिकित्सा शिक्षा विधेयक सहमति विपरित पारित गरेको भन्दै डा केसीले बुधवारबाट इलामस्थित शहरी विकास तथा भवन निमाण विभाग डिभिजन कार्यालय फुलगाछी पुगेर अनशन थालेका हुन्।



डा केसीको अनशनबारे सरकार : यो त उत्सव मनाउनुपर्ने बेला हो  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट