PahiloPost

Mar 26, 2019 | १२ चैत्र २०७५

मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ


पहिलोपोस्ट

मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ

डोल्पाः हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन्।

उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो। शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको बौद्धबाटै पक्राउ गरेको हो।

गुरुङ गएको स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको वडा नं ५ को अध्यक्षमा स्वतन्त्रबाट बिजयी भएका थिए भने पार्टी एकतापछि नेकपामा प्रवेश गरेका थिए। शे–फोक्सुण्डो गाउँपालिका–४ साल्दाङस्थित राहाप गुम्बाकै बौद्घ मूर्ति चोरीको आरोपमा शे–फोक्सुण्डो गाउँपालिका–४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका–१ का ४१ वर्षीय झ्याम्पाछुल्डिम लामा, वडा नं ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र शे–फोक्सुण्डो गाउँपालिकाका ४३ वर्षीय पासाङ लुण्डुप गुरुङलाई  केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँको बौद्घबाटै पक्राउ गरेको थियो।

वडाध्यक्षको पक्राउ सम्बन्धमा जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक अवदेश विष्टसँग बुझ्दा मूर्ति चोरीको आरोपमा उनी पक्राउ परेको र पक्राउ पर्ने क्रम जारी रहेकाले अनुसन्धान जारी रहेको उनले बताए।

प्राचीन मूर्ति चोरीको आरोपमा यसअघि नै चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका चार जनालाई केही दिन अगाडि मात्रै जिप्रका डोल्पामा सार्वजनिक गरिएको थियो।

राहापगुम्बाबाट ४२ थान प्राचीन बौद्ध मूर्ति आठ वर्षअघि नै चोरी भएको भए पनि यसै वर्षको गत असोजको अन्तिम सातामात्रै स्थानीयवासीले थाहा पाएका थिए। रासस



मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट