PahiloPost

Mar 26, 2019 | १२ चैत्र २०७५

पृथ्वी जयन्तीको विरोधमा बहस कार्यक्रम, वक्ता पुग्दा हलमा प्रहरीको ताला!


पृथ्वी जयन्तीको विरोधमा बहस कार्यक्रम, वक्ता पुग्दा हलमा प्रहरीको ताला!

काठमाडौं: आज पृथ्वी जयन्तीको अवसरमा बहस कार्यक्रम गर्न सहभागीहरु थापाथली इन्जिनियरिङ कलेज पुगेका थिए।

कार्यक्रम २:३० बजेका लागि तोकिएको थियो। तर कार्यक्रम हुनुअघि नै कार्यक्रम हुने भनिएको हलमा तालाबन्दी गरिएको छ।

तराई–मधेश राष्ट्रिय परिषद्ले कलेजको हलमा ‘राष्ट्रिय एकता दिवसको प्रतिशोध दिवस’ भन्ने विषयमा कार्यक्रम गर्न लागेको थियो। कार्यक्रममा विभिन्न वक्ताहरुलाई बोलाइएको थियो।

ताल्चा लगाउनुको कारणबारे सोध्दा प्रशासनले प्रहरीले लगाएको उत्तार दिएका थिए। यता प्रहरीले भने कुनै जानकारी नदिएको आयोजकले जनायो।

प्रहरीले हलमा ताला लगाएपछि क्याम्पस प्रँगणमै कार्यक्रम गरिएको थियो।

उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता गोपाल ठाकुरले राज्यबाटै लोकतन्त्र खतरामा रहेको आरोप लगाए। लोकतन्त्र विचार राख्ने बाटो आफ्नै पार्टी नेतृत्वको सरकारबाट हुन लागेको भन्दै दुःख व्यक्त गरे।

राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले भने,‘पहिले विरोध गर्नेहरु अहिले सत्तामा छन् र अहिले विरोध गर्नेहरुको मुख बन्द गर्न खोजेका छन्। यो लोकतन्त्रको उपहास हो।’



पृथ्वी जयन्तीको विरोधमा बहस कार्यक्रम, वक्ता पुग्दा हलमा प्रहरीको ताला! को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट